गोरखा पोलिटेक्निक कलेजले कृषि स्नातकमा भर्ना खोल्यो


बाँके : बाँके बैजनाथ गाउँपालिको बानियाभारमा रहेको गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरले बिएसी ऐजिमा भर्ना खोलेको छ । शैक्षिक शत्र २०७५र २०७६ का लागि उक्त संकायमा भनाई खोलिएको हो । कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय रामपुर, चितवनबाट सम्बन्ध पाएपछि उक्त कलेजले पहिलो पटक बिएससी ऐजीमा भर्ना खोलेको हो ।
कलेजका अनुसार कृषि तथा वन बिज्ञान बिशवबिद्यालयले बिएससी ऐजीका लागि पुस १४ गते लिएको प्रवेश परीक्षामा संलग्न भई उत्तीर्ण भएका बिद्यार्थीले भर्नाका लागि आवेदन दिन सक्छन् । बुधवारदेखि आवेदन लिन सुरु गरिएको छ । मेरिट लिष्टका आधारमा पुस २३ गते अन्तिम नामावली सार्वजनिक गरिने छ ।

प्रकाशित मितिः     १८ पुष २०७५, बुधबार १६:१९  |