कर्णाली डेभलपमेन्ट बैंकलाई ग्रामिण क्षेत्रसंग जोड्छौं : सिईओ रावत


दिनेश कुमार रावत कर्णाली डेभलपमेन्ट बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)हुन । २०६४ सालबाट बैंकीङ्ग सेवामा प्रवेश गरेका रावतलाई झण्डै एक दशकको कार्यानुभव पछि सन्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृत बनाउँदै यसक्षेत्र कै पहिलो विकास बैंक प्रमुख को जिम्मेवारी दिएको छ । बैंकका बिभिन्न बिभागमा बिभिन्न पदहरुमा जिम्मेवारी सम्हाल्दैै डेपुटी सिइओ जस्तो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकै परिणाम उनलाई थप जिम्मेवारी दिईएको हो । २०३४ सालमा दाङ्गको नारायणपुरमा जन्मिएका रावत लगनशिल बैंकर मानिन्छन् । सिइओको जिम्मेवारी दिएकोमा सन्चालक समितिलाई धन्यबाद दिदै रावतले आगामी दिन आफ्ना लागि अवसर र चुनौतीले भरिएको बिश्लेषण गरेका छन् । तर बिगतदेखि गर्दै आएको कामको अनुभव र टिमवर्कका कारण आगामी दिनमा हरेक अवसर र चुनौती पार गर्न सकिने आत्मबिश्वास पनि उनमा
छ । प्रस्तुत छ, रावतसंग बैंक सन्चालन बिषयमा भावी योजना र यस क्षेत्रको बैंक तथा बित्तिय अवस्थाका बारेमा नेपालगन्ज विजनेशका लागि कमल डाँगीले गरेको कुराकानी ।


दिनेशकुमार रावत, सिईओ, कर्णाली डेभलपमेन्ट बैंक

कर्णाली डेभलपमेन्ट बैंकको समग्र बित्तिय अवस्था कस्तो छ ?

-वित्तिय अवस्थाका बारेमा चर्चा गर्नु अघि म यस बैंकको इतिहासका बारेमा जानकारी गराउन चाहन्छु । कर्णाली डेभलपमेन्ट बैंक २०५९ सालमा स्थापना भएको हो । यस क्षेत्रकै पहिलो विकास बैंक पनि हो । हामी बाँके, बर्दिया र दाङ्गमा काम गरिरहेका छौं । प्रधान कार्यालय बाहेक यि तीन जिल्लामा १५ वटा शाखाहरु छन् । बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रहेको छ भने निक्षेप २ अरव ९५ करोड रहेको छ । हामीले हालसम्म २ अरव १० करोड जति ऋण लगानी गरेका
छौं ।हामीले हालसम्म २ अरव १० करोड जति ऋण लगानी गरेका  छौं । बित्तिय सुचकहरु हरेक वर्ष सुदृढ हुँदै गएकोले आगामी दिनमा अझ राम्रो हुने अपेक्षा गरेको छु ।


शहरसम्म आउन नसक्ने नागरिकहरु लाई ग्रामिण क्षेत्रमै बैंकको सुविधा दिने काम गरिरहेका छौं र आगामी दिनमा यसलाई अझ प्राथमिकता  दिनेछौं । हाम्रा अधिकांस शाखाहरु ग्रामिण क्षेत्रमै केन्द्रीत छन् । जस्तो बाँकेको बैजापुर, जहाँ बिजुलीको भरपर्दो व्यवस्था छैन । राजापुर, गढवा, ठाकुरद्धारा त्यहाँ पनि हामीले बित्तिय  सेवा दिइरहेका छौं । स्थानीय स्कुल, स्थानिय निकाय र अगुवाहरुले साथ दिनुभएको छ । उहाँहरुको प्रोत्साहनले काम गर्न उर्जा थपेको छ ।


यहाँहरुको ‘टार्गेट ग्रुप’ के हो ?

-पहिलो कुरा त ने.रा. बैंकको व्यवस्था बमोजिम विकास बैंकले गर्नुपर्ने कार्य नै हाम्रो लक्ष्य हो । हामीलाई निर्दिष्ट गरिएका कार्ययोजनाहरु गरिरहेका छौं । यस बाहेक हामी शहरमुखी भन्दा ग्रामिणमुखी धेरै छौ । शहरमा वाणिज्य बैंकहरु धेरै छन् । हामीले भने ग्रामिण क्षेत्रमा धेरै फोकस गरिरहेका छौं । त्यस क्षेत्रका बासिन्दाहरु लाई बित्तिय पहुँच भित्र ल्याउने काम भइ रहेको छ । शहरसम्म आउन नसक्ने नागरिकहरु लाई ग्रामिण क्षेत्रमै बैंकको सुविधा दिने काम गरिरहेका छौं र आगामी दिनमा यसलाई अझ प्राथमिकता दिनेछौं । हाम्रा अधिकांस शाखाहरु ग्रामिण क्षेत्रमै केन्द्रीत छन् । जस्तो बाँकेको बैजापुर, जहाँ बिजुलीको भरपर्दो व्यवस्था छैन । राजापुर, गढवा, ठाकुरद्धारा त्यहाँ पनि हामीले बित्तिय
सेवा दिइरहेका छौं । स्थानीय स्कुल, स्थानिय निकाय र अगुवाहरुले साथ दिनुभएको छ । उहाँहरुको प्रोत्साहनले काम गर्न उर्जा थपेको छ ।


कुन क्षेत्रमा कर्जा लगानी धेरै गर्नुभएको छ ?

-पछिल्लो समय उद्योग क्षेत्रमा लगानी धेरै भएको छ । उत्पादन मुखी उद्योग सन्चालनको वातावरण भएर होला उद्योगहरुमा कर्जा प्रवाह पनि बढेको पाईन्छ । गत आर्थिक वर्षमा करिव दश प्रतिशत ऋण उद्योग क्षेत्रमा प्रवाह भएको थियो भने चालु आर्थिक वर्षमा यो प्रतिशत ह्वात्तै बढेर २७ प्रतिशतसम्म पुगेको छ । देशमा सिर्जना भएको स्थीरताका कारण उद्योगीहरुले आफ्ना लगानी सुरक्षित ठानेरै होला त्यस क्षेत्रमा ऋण लिएर काम गरिरहेका छन् । उद्योग पछि कृषि क्षेत्र पनि ऋण प्रवाह हुने अर्को क्षेत्र हो । त्यस्तै घर, अटो, साना तथा मझौला व्यापार जस्ता क्षेत्रमा पनि ऋण प्रवाह भएको छ ।

केही दिन अघि नेपाल राष्ट्र बैंकले बैंकको बर्गिकरणका बिषयमा एउटा निर्देशिका जारी गरेको छ । त्यस अनुसार बैंकलाई रुपान्तरण गर्न यहाँहरुको तर्फबाट कस्ता कामहरु भइरहेका छन् ।

-नेपाल राष्ट्र बैंकले पहिले हामी जस्ता बैंकलाई आफ्नो प्रदेश भन्दा बाहिर छिमेकी प्रदेशको पनि नजिकको जिल्लामा काम गर्न सक्ने एउटा निर्देशिका ल्याएको
थियो । सोही बमोजिम हामीले सुर्खेत र सल्यान जिल्लाहरुमा शाखा बिस्तार गर्ने योजना बनाएका थियौं । तर राष्ट्र« बैंकले नयाँ निर्देशिका जारी गरेपछि अब फरक तरिकाले अगाडी बढ्नुपर्ने भएको छ । यसर्थ जारी निर्देशिकाको आधारमा हामीले कपिलबस्तु र रुपन्देही जिल्लाहरुमा शाखा बिस्तार गर्ने तयारी गरिरहेका छौं ।


मलाई बैंकको सिइओ जस्तो महत्वपुर्ण जिम्मेवारी दिनुहुने सन्चालक समिति, संस्थापक कार्यकारी अध्यक्ष तथा निवर्तमान प्रमुख कार्यकारी अधिकृत राजेन्द्र विर रायलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु । उहाँहरु प्रति आभारी छु । संस्थापक कार्यकारी अध्यक्ष तथा निवर्तमान प्रमुख कार्यकारी अधिकृत ले बैंकको विकास र विस्तारमा खेल्नु भएको भुमिका र योगदानलाई आत्मसात गर्दै सो को निरन्तरता मेरा सामु चुनौती र अवसरहरु हुन् । अवसरलाई छोपेर अगाडी बढ्ने र चुनौती पार गर्नका लागि मेरो बैंकको कर्मचारी टिम तयार छ ।


भर्खरै सन्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ, यहाँको भावी योजना के छ ?

-लामो समय म यही बैंकमा कार्यरत रहे । जुनसुकै पदमा बस्दा पनि बैंकलाई कसरी बढि भन्दा बढि सेवाग्राही माझ पुर्याउने भन्ने सोंच्थे । त्यो अनुसार कामहरु भए पनि । आज म बैंक प्रमुखको पदमा बसेको छु । मेरा सामु थुप्रै अवसर र चुनौतीहरु छन् । यस क्षेत्रकै पहिलो विकास बैंकलाई अब्बल बनाउनुपर्नेछ । ग्रामिण क्षेत्रमा बैंकिङ्ग सेवाको विस्तार सँगै सो क्षेत्रको आर्थिक क्रियाकलापको अभिवृद्धिलाई बढि भन्दा बढी प्राथमिकता दिनुको साथै वित्तिय सम्भाव्यताका अन्य क्षेत्रहरुमा बैंकिङ्ग सेवा विस्तार गर्ने लक्ष्य अनुरुप कामहरु अगाडी बढाइएको छ । ग्रामिण क्षेत्रमा थप शाखा बिस्तारको योजना छ । अर्को कुरा भनेको बैंकलाई सुचना प्रविधिमा उत्कृष्ट बनाउदै बैंकिग क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधि तथा सेवाहरुमा ग्राहकहरुको पहुँच वृद्धि गर्दै आधुनिक बैंकिङ्ग सुविधा प्रदान गर्ने रहेको छ । त्यसलाई अझ विकास तथा उपयोग गर्ने रणनीति बनाउँछौं । हुन त अहिले पनि हाम्रो बैंकले सूचना प्रविधिलाई अधिकतम प्रयोग गर्दै ए.टी.एम., मोबाइल बैंकिङ्ग, ए.बी.बी.एस. जस्ता बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।


अन्त्यमा के भन्न चाहनु हुन्छ ?

-मलाई बैंकको सिइओ जस्तो महत्वपुर्ण जिम्मेवारी दिनुहुने सन्चालक समिति, संस्थापक कार्यकारी अध्यक्ष तथा निवर्तमान प्रमुख कार्यकारी अधिकृत राजेन्द्र विर रायलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु । उहाँहरु प्रति आभारी छु । संस्थापक कार्यकारी अध्यक्ष तथा निवर्तमान प्रमुख कार्यकारी अधिकृत ले बैंकको विकास र विस्तारमा खेल्नु भएको भुमिका र योगदानलाई आत्मसात गर्दै सो को निरन्तरता मेरा सामु चुनौती र अवसरहरु हुन् । अवसरलाई छोपेर अगाडी बढ्ने र चुनौती पार गर्नका लागि मेरो बैंकको कर्मचारी टिम तयार छ । मैले शेयर सदस्यहरुको पुँजी सुरक्षित गर्दै उहाँहरुलाई उचित प्रतिफल दिने अवस्था सिर्जना गर्नुका साथै कर्मचारीहरुलाई सही व्यवस्थापन मा समेत विशेष भुमिका खेल्नेछु । आगामी दिनमा बैंकको कार्यक्षेत्र विस्तार गरी छिट्टै थप जिल्लाका अझ बढी ग्रामिण तथा वित्तिय सम्भाव्यता रहेका विकासोन्मुख क्षेत्रमा लैजान चाहेका छौं ।

प्रकाशित मितिः     १९ पुष २०७५, बिहीबार १२:४२  |