घर-घरमा पुगेर वित्तिय साक्षरता सिकाउदै नेपालगन्जका बैंक


फाईल तस्बिर : बित्तिय साक्षरता अभियान अन्र्तगत घरदैलो अभियानमा कामना सेवा बैंकका कर्मचारी तथा परमोटरहरु ।

बाँके :  बाँकेमा रहेका विकास बैंकहरुलाई ग्रामिणक्षेत्रका नागरिकहरुलाई बित्तिय पहुँचमा ल्याउन जागरण अभियान सुरु गरेका छन् । शहर केन्द्रीत बैंकहरुका कारण धेरै ग्रामिणक्षेत्रका नागरिकहरु बित्तिय पहुँच भन्दा टाडा रहेपछि राष्ट्र बैंकको समेत निर्देशनमा बिभिन्न बैंकहरुले बित्तिय साक्षरता अभियान सुरु गरेका हुन ।
यतिबेला विकास बैंकहरु आफ्नो बैंकले दिने बित्तिय सेवाका बारेमा मात्र नभई बैंकसंग जोडिदा हुने फाईदाका बिषयमा समेत घर र पसलमा पुगेर जानकारी गराईरहेका छन् । यस्तो अभियान सन्चालन गरिसकेको कामना सेवा बैंक नेपालगन्ज शाखाकी प्रबन्धक ज्योतिका चापागाईले हरेक नागरिकलाई बित्तिय पहुँचमा ल्याउन बित्तिय साक्षरता अभियान उपयुक्त भएको बताईन । घरदैलो अभियान मार्फत यस्तो काम प्रभावकारी पनि भएको उनको भनाई छ ।

गरिमा विकास बैंकका कर्मचारी

गरिमा विकास बैंकले पनि घरदैलो अभियान गरिसकेको छ । कर्णाली डेभलप्मेन्ट बैंक प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले ग्रामिणक्षेत्रका नागरिकलाई बित्तिय पहुँचमा ल्याउन साक्षरता अभियान जरुरी रहेको बताए । शहरलाई मात्र केन्द्रमा नराखी ग्रािमणमुखी बन्ने उदेश्यले यस्ता कार्यक्रम सुरु भएको उनले बताए । कर्णाली डेभलपमेन्ट बैंकले पनि यस्तो अभियान सुरु गर्दैछ ।

प्रकाशित मितिः     १९ पुष २०७५, बिहीबार ०९:१३  |