बाँकेमा प्राधिकरण र एनसेलको बिद्युतिय सामाग्री जोगाउनै मुस्किल, दुई हप्तामा चार ठाउँबाट चोरी


बाँके प्रहरीले बरामद गरेको तामाको तार

बाँके : पुस ३ गते रातिको समयमा जानकी गाउँपालिका वडा नम्बर ६ कोठारपुरमा राम निवास यादबको जग्गामा रहेको एनसेल टावरबाट एक थान ब्याट्री चोरी भयो । उक्त ठाउँमा ब्याट्री चोरी भएको अर्को दिन पुस चार गते राति कोहलपुर नगरपालिका वडा नम्बर १४ हवल्दारपुर स्थित रामपदार्थ अहिरको जग्गामा रहेको एनसेल टावरबाट व्याट्री, जेनेरेटर थान १, सोलार चोरी भएको ।
सूचनाको पहुँच पुर्याउन सरकारी तथा नीजि कम्पनीले गाउँ गाउँमा टावरहरु राखेका छन् । तर ती टावरमा रहेका महत्वपुर्ण सामाग्री रातारात चोरी हुँदा सेवाप्रदायक कम्पनीहरु निरास भएका छन् । बाँके जिल्लामा पछिल्लो दुई हप्तामा मात्र एनसेन, बिद्युत प्राधिकरणका महत्वपुर्ण सामाग्रीहरु चोरी भएपछि उनीहरुले दिने सेवा समेत प्रभावित भएको छ ।
महत्वपुर्ण सामाग्रीहरु चोरी गरेर हैरान पारेपछि प्रहरीले एक्सन लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी निरिक्षकको कमाण्डमा खटिएको अनुसन्धान टोलीले एनसेल तथा बिद्युतिय ट्रान्सफर्मरबाट तामाको तार चोरी गर्ने कार्यमा संलग्न ३ जनालाई ३४ के.जी. ८०० ग्राम तामाको तार सहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार पुस ९ गते डुडुवा गाउँपालिका वडा नं. ४ नियामतपुर्वा स्थितमा रहेको जलिन दर्जिको जग्गामा रहेको एनसेल टावरमा रहेको व्याट्री र ट्रान्सफर्मर चोरी भएको थियो । पुस १२ गते रातको समयमा जिल्ला बाँके जानकी गाउँपालिकाकै जुगुनभरिया स्थित नेपाल बिद्युत प्राधिकरण नेपालगंज बितरण केन्द्र नेपालगंज बाँकेबाट २५ के.जी. तामा, ट्रान्सफर्मर चोरी भएको थियो ।

प्रकाशित मितिः     २० पुष २०७५, शुक्रबार १०:३७  |