साततले सपिङ्ग कम्पलेक्स र आकाशे पुल बनाउदै नेपालगन्ज उपमहानगर


बागेश्वरी मन्दिर पूर्वतिर रहेको जग्गामा डबल अण्डरग्राउण्ड सहितको साततले कम्पलेक्सका लागि केहीदिनमै डिपिआर तयार हुनेछ । उक्त कम्पलेक्समा पिल्म हल, व्यवसायिक प्रतिष्ठान, चिल्डे«न पार्क, बैंक तथा बित्तिय संस्थाहरु सबै उपलब्ध हुनेछन् । एउटै छानामुनी हर प्रकारको सुविधा उपलब्ध गराउने गरी उपमहानगरपालिकाले यस्तो कम्पलेक्स निर्माण गर्न लागेको हो । मेयर राणाका अनुसार डेढ हप्तामै यस बिषयमा अझ बिस्तृत जानकारी दिइनेछ । मेयर राणाका अनुसार डेढ हप्तामै यस बिषयमा अझ बिस्तृत जानकारी दिइनेछ । आमनागरिकहरुलाई समेत कम्पलेक्सका बारेमा जानकारी गराइने उपमहानगरपालिकाले जनाएको छ ।


तस्बिर : स्केच ।

बाँके :  नेपालगन्ज उपमहानगरपालिकाले साततले सपिङ्ग कम्पलेक्स र आकाशे पुल निर्माण गर्ने भएको छ । व्यवसायिक परियोजनका लागि अत्याधुनिक सुविधा सहितको सपिङ्ग कम्पलेक्स र आँकाशे पुलको डिपिआर तयार गरी चालु आर्थिक वर्षभित्रै काम सुरु गर्ने लक्ष्य रहेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले जानकारी दिए ।
बागेश्वरी मन्दिर पूर्वतिर रहेको जग्गामा डबल अण्डरग्राउण्ड सहितको साततले कम्पलेक्सका लागि केहीदिनमै डिपिआर तयार हुनेछ । उक्त कम्पलेक्समा पिल्म हल, व्यवसायिक प्रतिष्ठान, चिल्डे«न पार्क, बैंक तथा बित्तिय संस्थाहरु सबै उपलब्ध हुनेछन् । एउटै छानामुनी हर प्रकारको सुविधा उपलब्ध गराउने गरी उपमहानगरपालिकाले यस्तो कम्पलेक्स निर्माण गर्न लागेको हो । मेयर राणाका अनुसार डेढ हप्तामै यस बिषयमा अझ बिस्तृत जानकारी दिइनेछ । आमनागरिकहरुलाई समेत कम्पलेक्सका बारेमा जानकारी गराइने उपमहानगरपालिकाले जनाएको छ ।

तस्बिर : स्केच ।

बन्न लागेको कम्पलेक्सको लागत ७५ करोड सम्म हुने अपेक्षा गरेको छ । कम्पलेक्स निर्माण गरेपछि भाडामा दिइनेछ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमै आँकाशे पुल बनाउने तयारी गरेको छ । धम्बोझीचोक र बिपिचोकमा दुईवटा आँकाशे पुल बनाउने गरी डिपार तयार भइरहेको मेयर डा राणाले बताए ।

प्रकाशित मितिः     २० पुष २०७५, शुक्रबार १४:०४  |