मेयर राणाले भने,–‘नेपालगन्ज डुबेको फोटो अब फेसबुकमा देख्न पाउनुहुने छैन’

पत्रकारहरुसंग शुक्रबारको छलफलमा मेयर राणा

बाँके :  नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले अब नेपालगन्ज डुबानमुक्त हुने बताएका छन । आगामी वर्षात अघि नै नाला निकासको काम सम्पन्न भइसक्ने बताउँदै राणाले भने,–‘अब फेसबुकमा नेपालगन्ज डुबेको फोटो राख्ने मौका कसैले नपाउने गरी काम भइरहेको छ ।’
गत वर्षातमा नालाको प्रभावकारी निकास नहुँदा थोरै पानी पर्दा समेत नेपालगन्जका बिभिन्न ठाउँहरु जलमग्न हुने गरेका थिए । घर र पसल जलमग्न भएपछि स्थानीयबासिन्दाहरुले डुबेको फोटो सामाजिक सन्जालमा राखेर नाली व्यवस्थापनको सरोकारवाला निकाय नेपालगन्ज उपमहानगर र मेयर राणाको चर्को आलोचना भएको थियो । तर यसपटक त्यस्तो अवस्था सिर्जनानै नहुने मेयर राणाले बताए ।

शुक्रबार उपमहानगरपालिका भित्रनै सन्चारकर्मीहरुसंगको छलफलमा मेयर राणाले पानीको सहज निकासका लागि धमाधम काम भइरहेको बताए । त्यस्तै थोरै पानी पर्दा समेत जलमग्न हुने सेतुबिकचोकमा सडकको सतह धेरै नै माथि उठाईएको छ । ‘त्यहाँबाट धेरै गुनासाहरु आएका थिए । तर अब समस्या समाधान हुन्छ ।’ मेयर राणाले भने । जमिनको सतह निकै तल भएको र जलमग्न धेरै हुने घरबारीटोलमा पनि स्थानीयबासिन्दासंग कुराकानी गरेर सडक तथा नाली बिस्तारको काम गरिने मेयर राणाले बताए ।

प्रकाशित मितिः     २० पुष २०७५, शुक्रबार १४:३०  |