सार्वजनिक ठाउँमा फ्रि वाईफाईको पहल भइरहेको छ : सहकारी विकास मन्त्री राईन


टेलिकम कर्मचारीको अधिवेशनपछि पार्टी प्रवेश कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री राईन ।

बाँके : नेपाल टेलिकम कर्मचारी युनियनको चौथो केन्द्रीय महाधिवेशन शुक्रबारदेखि नेपालगञ्जमा सुरु भएको छ । चौथो केन्द्रिय महाधिवेशन कार्यक्रमलाई संघीय सरकारका शहरी विकास मन्त्री मो. इस्तियाक राईले उद्घाटन गरे ।
उद्घाटन समारोह कार्यक्रममा बोल्दै मन्त्री राईले नेपालभरि सार्वजनिक ठाउँहरुमा फ्रि वाईफाईको लागि आफुले पहल गरिरहेको बताए । कर्णाली प्रदेशमा फोरजीको लागि छिटो भन्दा छिटो सुविधा पु¥याउने लक्ष्य रहेको मन्त्री राईले बताए ।  अधिवेशनको अध्यक्षता केन्द्रीय अध्यक्ष राजकुमार मेहताले गरेका थिए ।

टेलिकम कर्मचारीको अधिवेशनमा मन्त्री राईन ।

अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अध्यक्ष मेहताका अनुसार चयन हुने नयाँ नेतृत्व तीन वर्षका लागि हुने छ । टेलिकम नेपालगञ्जकै परिसरमा भइरहेको अधिवेशनमा केन्द्र, क्षेत्रीय र इकाई समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । तीन दिनसम्म हुने अधिवेशनमा नेपालभरीबाट करिब एक सय पचास बढि प्रतिनिधि सहभागि नेपालगन्जमा जम्मा भएको केन्द्रिय अध्यक्ष मेहताले जानकारी दिए ।


प्रकाशित मितिः     २० पुष २०७५, शुक्रबार १६:३२  |
error: Content is protected !!