मेयर राणालाई सर्वसाधारणको जवाफ–‘..भने जस्तै भए वर्षातमा कोठा सार्न नपर्ला ’


फाईल फोटो : बिगतका बर्षातमा डुबेको धम्बोझीचोक ।

बाँके :  थोरै पानी पर्दा समेत जलमग्न हुने नेपालगन्ज अब त्यसबाट मुक्त हुने भनेर नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले घोषणा गरे । आउँदो वर्षातमा नेपालगन्जलाई डुबानमुक्त गराउने गरी सबै उपाय अबलम्बन गरिएको मेयर राणाले बताएपछि उनको प्रशंसा भएको छ । प्रशंसासंगै मेयर राणालाई सर्बसाधारणहरुले ‘वर्षात पर्खिने’ जवाफ दिएका छन् ।
उक्त बिषयमा टिप्पणी गर्दै बिष्णु पोखरेलले भने,–
‘मेरो मेयर, मेरो वडाध्यक्ष !
डा धवल शमसेर राणा, वडाध्यक्ष प्रमोद रिजालको भनाइजस्तै सबै नगर तथा गाउँ बस्ती अब कहिल्यै नडुबुन ! धुलो धुवाँ र फोहोर पनि नहोउन,’
सामाजिक सन्जालमा मेयर राणाले डुबानमुक्त बनाउने बिषयमा गरेको घोषणा कार्यान्वयन भए उनी हिरो हुने प्रतिक्रिया दिईएको छ । साथै पुरा नभए त्यसले मेयर राणाले तिब्र आलोचना खेप्ने निश्चित छ । मेयर राणाको कामको प्रशंसा गर्दै दिपक ओली लेख्छन्–‘एउटा गतिलो नेता राणा ज्यू, बाँकी अरु सब बाप नम्बरी, बेदा दश नम्बरी ।’ सुनिता बिष्टले मेयर राणाले भनेजस्तै नेपालगन्ज डुबानमुक्त भए कोठा सार्नुपर्ने अवस्था नआउने बताईन ।
मेयर राणालाई सुझाव दिदै र प्रश्न गर्दै प्राविधिक समेत रहेका पुर्णबहादुर रोकाय लेख्छन्–‘अनि मेयर ज्यू, बसपार्क बाईपास रोडमा घर भत्काउन नसकी डे«न बनाउन नसकेको ठाउँमा नि ? ’


प्रकाशित मितिः     २१ पुष २०७५, शनिबार ०८:४८  |
error: Content is protected !!