यसरी राँझामा भब्य बन्दै छ, ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’


राँझा विमानस्थल नजिकै जानकी–६ मा निर्माण भइरहेको ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ दुई महिनाभित्रै सञ्चालनमा आउने गरी तयारी भइरहेको प्रबन्ध निर्देशक सीताराम यादवले जानकारी दिए । दुई दशकदेखि हस्पिटालिटि क्षेत्रमा अनुभव बटुलेका यादवले २०५६ सालदेखि नेपालगन्जमा भेरी होटल सञ्चालन गरिरहेका छन् । “तारे होटल सञ्चालनका अनुभव पनि लिइसकेकाले नेपालगन्जमा बिल्कुलै नौलो तरिकाबाट सर्भिस प्रोभाइड गर्दैछौं,” ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’का प्रबन्ध निर्देशक यादवले भने, “मेरो सेवा सुरु भएपछि नेपालगन्जको हस्पिटालिटीमा नयाँ रौनक थपिनेछ ।


बाँके : नेपालगञ्जमा निर्माण भइरहेको ‘द गोल्डेन ब्लिस होटल एन्ड सोर्ट’ केही समयभित्रै सञ्चालनमा आउने भएको छ । । करिब पौने अर्बको लगानीमा ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ निर्माण भइरहेको छ । भारतको हस्पिटालिटी क्षेत्रमा ख्याति कमाउँदै अगाडि बढेको ब्लिससँग मार्के्टिङमा साझेदारी गरेको उक्त कम्पनीले भारतीय पर्यटकहरूलाई नै बढी लक्षित गरेको जनाएको छ ।

राँझा विमानस्थल नजिकै जानकी–६ मा निर्माण भइरहेको ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ दुई महिनाभित्रै सञ्चालनमा आउने गरी तयारी भइरहेको प्रबन्ध निर्देशक सीताराम यादवले जानकारी दिए । दुई दशकदेखि हस्पिटालिटि क्षेत्रमा अनुभव बटुलेका यादवले २०५६ सालदेखि नेपालगन्जमा भेरी होटल सञ्चालन गरिरहेका छन् । “तारे होटल सञ्चालनका अनुभव पनि लिइसकेकाले नेपालगन्जमा बिल्कुलै नौलो तरिकाबाट सर्भिस प्रोभाइड गर्दैछौं,” ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’का प्रबन्ध निर्देशक यादवले भने, “मेरो सेवा सुरु भएपछि नेपालगन्जको हस्पिटालिटीमा नयाँ रौनक थपिनेछ ।.” होटल बाटिकाको व्यवस्थापन समेत सम्हालेका अनुभवी यादवले झन्डै ५ वर्ष काठमाडौंमा कुमारी होटल व्यवस्थापन हेरेको थिए । “मेरो होटलबाट होटलको व्यवस्थापनले ५ तारे सुविधा उपलब्ध गराउने छ,” वातावरण मैत्री ४८ वटा कोठाबाट सेवा शुभारम्भ गर्न लागेको जनाउँदै यादवले तिहारमा ‘सफ्ट लन्चिङ’ र जनवरीबाट पुरै सेवा सञ्चालनमा ल्याउने योजना रहेको बताए ।

     ७१ करोडको लागतमा होटल तयार भैरहेको जनाउँदै ‘द गोल्डेन ब्लिस होटल एन्ड रिसोर्ट’का प्रबन्ध निर्देशक यादवले नेटवर्किङ र प्याकेजमा आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालगन्ज ल्याउने बिशेष योजना बनाएको बताए । “मेरो अनुभव र अहिलेसम्मको लगानीलाई मुर्तरूप दिन यो मेरो ड्रिम प्रोजेक्ट हो,” सेवामुलक व्यवसायका रुपमा हस्पिटालिटी क्षेत्रलाई लिइनुपर्ने तर्क गर्दै यादवले भने, “नेपालगन्जमा द गोल्डेन ब्लिस होटल एन्ड रिसोर्टले केही नयाँ प्रयोग गरेर देखाउँदै छ .” त्यसका लागि भारतीय अन’भवी कम्पनीसँग मार्के्टिङमा साझेदारी गरेको यादवको भनाइ छ . भारतीय पर्यटकहरूलाई मध्यनजर गरेर आगामी वैशाख भित्रै होटलमा क्यासिनो सञ्चालनका लागि पनि तयारी अगाडि बढिसकेको यादवले जानकारी दिए ।

प्रकाशित मितिः     २१ पुष २०७५, शनिबार १०:४४  |