मन्टेश्वरी एशोसियसन बाँकेको प्रथम वार्षिकोत्सव मनाइयो


बाँके (कोहलपुर) : विविध कार्यक्रमका साथ बाँके जिल्लामा रहेका मन्टेश्वरीहरुको संगठन मन्टेश्वरी एशोसियसनको प्रथम वार्षिकोत्सव शनिबार यहाँ सम्पन्न भयो ।
सो वार्षिकोत्सको उद्घाटन गर्दै प्रदेश सभाका साँसद कृष्णा केसी नमुनाले स-साना बालबालिकाको भविष्य निर्माणका लागि मानसिक र वौद्धिक विकास गर्न मन्टेश्वरीले दिने बस्तुगत र व्यवहारिक ज्ञान र शिक्षा प्रदान गर्ने वातावरण हरेक अभिभावकले दिन आवश्यक भएको बताईन ।
बालबालिकाको सुनौलो भविष्य निर्माण गर्ने महत्वपुर्ण सामाजिक दायित्व वहन गरिरहेको मन्टेश्वरीको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि राज्यले पनि सहजीकरण गर्न आवश्यक रहेको कुरामा जोड दिईन ।
साँसद केसीले वस्तुगत ज्ञानले नै चेतनाको विकास गर्छ भन्ने उदाहरण मन्टेश्वरी शिक्षाले दिएकोमा सराहना गरिन ।
एशोसिएसनका अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थामा आवद्ध बाँकेका नौ वटा मन्टेश्वरीमा बालबालिका लागि दिइने फरक फरक वस्तुगत र व्यवहारिक शिक्षा विधिको डकुमेण्टरी पनि प्रस्तुत गरिएको थियो र सोको व्याख्या कोषाध्यक्ष खिमा थापा र सदस्य नीता थैवले गरेकी थिइन ।.
कार्यक्रममा वरिष्ठ पत्रकार पुर्णलाल चुके, सेन्ट्रल प्लाजा होटेलका सञ्चालक देवानन्द अर्याल, दामोदर पौडेल, एशोसिएसनका उपाध्यक्ष द’र्गा बजगाइँ लगायतले मन्टेश्वरी शिक्षाको महत्व र आवश्यकताका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मितिः     २१ पुष २०७५, शनिबार १८:४८  |