पायनियर सहकारी बाँकेका सबै स्थानीय तहमा पुग्ने


बाँके :  पायनियर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जिल्लाका सबै स्थानीय तहमा आफ्नो कार्यक्षेत्र बिस्तार गर्ने भएको छ । सिपमुलक, उत्पादशिल र युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको पायनियरले कार्यक्षेत्र भित्र पर्ने स्थानीय नगरपालिकाका र गाउँपालिकामा समूह निर्माण तथा कृषि, उद्यमशिलता विकासका लागि सेवा कार्यालय स्थापना गर्ने तयारी भइरहेको पायनियरका प्रमुख कार्यकारी अधिकृत बिष्णु खनालले जानकारी दिए ।
उक्त सहकारीले शनिबार नेपालगन्जमा आफ्नो ७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । प्रदेश सांसद कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यतामा भएको साधारणसभा उद्घाटन सत्रको अध्यक्षता अध्यक्ष शशी स्वाँरले गरेकी थिईन । आगामी दिनमा उक्त सहकारीले सिपमुलक तथा आयमुलक कामलाई प्राथमिकता दिने जनाएको छ । युवा लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारी निकायसंग छलफल गर्ने योजना समेत बनाएको खनालले बताए ।

प्रकाशित मितिः     २२ पुष २०७५, आईतवार ०८:५३  |