१५ हेक्टर जग्गामा आलु खेती गर्दै हिरमिनियाका कृषक


बाँके :  बाँकेको डुडुवागाउँपालिका हिरमिनिया पटवारीपुरका किसानहरुले १५ हेक्टरमा व्यवसायिक आलु उत्पादन सुरु गरेका छन् । परम्परागतरुपमा एक दुई कठ्ठामा आलु खेती गर्दै आएका त्यहाँ पच्चिस जना किसानहरुले यतिबेला साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना नेपालगन्जबाट अनुदान सहयोग लिएर ठुलो परिणाममा आलु उत्पादन सुरु गरेका छन् ।

तरकारी उत्पादनको पकेटक्षेत्रका रुपमा रहेको हिरमिनियामा सुरु गरिएको आलु उत्पादनले जिल्लामा सिजनमा समेत हुने आलुको अभाव टार्न सकिने बिश्वास लिईएको छ । गत कात्र्तिक महिनाबाट किसानले उत्पादन सुरु गरेका हुन । ‘थोरै कठमा परम्परागतरुपमा आलु उत्पादन गर्दै आउनुभएका कृषकहरुले अहिले धेरै जग्गामा आलु उत्पादन गर्दै आउनुभएको छ ।’– साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना बाँकेकी अनुगमन अधिकृत पार्वती घिमिरेले बताईन । उक्त आयोजनाको पुरक अनुदान सहयोगमा शिव शंकर आईपिएम कृषक समूहले आलु उत्पादन गरिरहेको छ । कृषकहरुले एक सिजनमा करिव ३६ हजार कुण्टल आलु उत्पादनको लक्ष्य लिएका छन् ।

जिल्लामा मात्र नभई अन्यत्र जिल्लामा समेत आलु बिक्री गर्ने उदेश्य राखिएको छ । कृषकहरुलाई शनिबार उपआयोजना अन्र्तगत खरिद गरेका बिभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । आयोजनाको अनुगमन अधिकृत घिमिरेले कृषकहरुलाई पावर ट्रिलर मेशिन,१० वटा मोटर, १० वटा स्प्रे टंकी, २ वटा पम्पसेट, डेलिबरी पाईप बितरण गरिएको छ ।  आधुनिक सामाग्रीहरुको सहायताले आलु उत्पादन गर्दा किसानलाई सहज हुने मात्र नभई आलु उत्पादन समेत बृद्धि हुने घिमिरेले बताईन ।

प्रकाशित मितिः     २२ पुष २०७५, आईतवार ११:५२  |