सञ्चारक्षेत्रमा आर्थिक र कृषिक्षेत्रलाई प्राथमिकता दिन जोड


बाँके :  आर्थिक र कृषिका मुद्दालाई आम सन्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिईएको छ । हेफर इन्टरनेशनल नेपाल र मिडिया एक्सन नेपालको आयोजनामा आईतबारबाट नेपालगन्जमा शुरु भएको तीन दिने कृषि तथा आर्थिक विकास सन्चारकर्मी र पत्रकारका लागि क्षमता अभिबृद्धि कार्यशाला गोष्ठीका सहभागिहरुले आर्थिक र कृषिका मुद्दालाई सन्चारक्षेत्रले प्राथमिकता दिन नसकेका देशको उन्नती नहुने बताए ।
कार्यक्रममा बोल्दै मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले आर्थिक र उद्यमशिलताका सवालमा पत्रकारहरुलाई कलम चलाउन प्रोत्साहित गनृका लागि अभिमुखिकरण सुरु गरिएको बताए । उनले राजनीति मात्र नभई समग्र आर्थिक क्षेत्रलाई पनि सन्चारले प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको उनले बताए । हेफर नेपालका एशोसियट डाईरेक्टर दुर्गा केसीले सन्चारक्षेत्रले कृषिका मुद्दालाई प्राथमिकता दिन सके त्यसक्षेत्र अगाडी बढ्ने अपेक्षा गरिएको बताए ।
यस्तै पत्रकार तथा प्रशिक्षक शंकर खनालले पछिल्लो समय मोफलमा समेत आर्थिक र कृषि क्षेत्रलाई प्राथमिकता दिने गरी सन्चारकर्मिहरुले कलम चलाइरहेको भन्दै खुःसी प्रकट गरे । कार्यक्रममा हेफरको सन्चार तथा स्रोत परिचालन प्रबन्धक सुम्निमा श्रेष्ठले हेफरका बारेमा जानकारी गराएकी थिईन । कार्यक्रममा बाँके, बर्दिया, दांग, प्युठान, सुर्खेत र सल्यान जिल्लाका पत्रकारहरु सहभागि छन् ।

प्रकाशित मितिः     २२ पुष २०७५, आईतवार १२:३०  |