नेपालगन्जमै बन्छ, प्रेसर कुकर


बाँके :  के तपाईलाई थाहा छ ? खाना पकाउँन सबैभन्दा बढि प्रयोग हुने प्रेस कुकर नेपालगन्जमै बनछ नी । यसक्षेत्रमै पहिलो प्रेस कुकर कम्पनी दाबी गरिएको वर्षा रिसाईक्लिङ्ग उद्योगले प्रेस्टो ब्राण्डको प्रेस कुकर उत्पादन गर्दै आएको छ ।
उक्त उद्योग शमसेरगन्ज, पावर्तीपुरमा रहेको छ । बाँकेमै उत्पादन भएको प्रेस कुकरले देशभर बजार लिएको छ । थप बजार बिस्तारको काम गरिरहेको छ । सात वर्षसम्म वारेण्टी रहेको उक्त प्रेसर कुकर खरिदकर्ताले एक वर्षको फ्रि दुर्घटना बिमा समेत पाउने छ । उक्त कम्पनीले १ देखि १४ लिटरका कुकरहरु उत्पादन गर्छ । आईएसओ प्रमाणित उक्त कम्पनीले नेपाल गुणस्तर प्रमाण चिन्ह समेत पाएको छ ।


प्रकाशित मितिः     २३ पुष २०७५, सोमबार ०९:०२  |
error: Content is protected !!