अब रानितलाउ र महेन्द्रपार्कमा बसेर फ्रीवाईफाई चलाउन पाइने, तयारीमा जुट्यो उपमहानगर


बाँके :  नेपालगन्ज उपमहानगरपालिकाले महेन्द्र पार्क र रानितलाउक्षेत्रमा फ्री वाईफाई जडान गर्ने भएको छ । शहरकै प्रमुख आन्तरिक पर्यटक गन्तव्य बनेको यि दुबै स्थानमा उपमहागरले केही महिनामै फ्रि वाईफाई जडान गर्ने तयारी भइरहेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले जानकारी  दिए ।

महेन्द्र पार्क ।

रानी तलाउ वर्षौपछि सन्चालनमा आएपछि त्यहाँ आन्तरिक पर्यटकको घुँइचो नै लाग्ने गरेको छ । शनिबार सबैभन्दा बढि सर्बसाधारणहरु जने गरेको पाईएको छ । त्यस्तै एक मात्र चिडियाघरका रुपमा रहेको महेन्द्र पार्कमा गएर वन्यजन्तु हेर्नेको संख्या पनि उल्लेखिय छ । दुबै स्थानलाई फ्रीवाईफाई क्षेत्र बनाउनका लागि उपमहानगरले कार्ययोजना अघि बढाएको छ ।

रानितलाउ

नेपालगन्ज उपमहानरपालिकाले वाईफाई जडान गर्ने कार्यलाई चालु आर्थिक वर्षसम्म गरिने मुख्य योजना तथा कार्यको सुचिमा राखेको छ । यसै अवधीमा उपमहानगरपालिकाले शहरका मुख्य १६ स्थानमा हाल बिपिचोकमा राखिएको जस्तै हाईमास्ट जडान गर्ने योजना बनाएको छ । उपमहानगरकै अन्य ६ स्थानमा बालउद्यान बनाउने तयारी उपमहानगरले गरेको मेयर राणाले जानकारी दिए ।

प्रकाशित मितिः     २३ पुष २०७५, सोमबार १०:४२  |