गरे के हुँदैन ? महिला किसानले छ महिनामा १७ करोडको खसी,बोका बिक्री गरे


ढकेरीमा सन्चालित बाख्रा बिक्री केन्द्र ।

बाँके : बाँके, बर्दिया सहित बिभिन्न छ जिल्लाका महिला कृषकहरुले चालु आर्थिक वर्षको छ महिनामा रु १७ करोड २४ लाख बराबरको खसी,बोका बिक्री गरेका छन् । हेफर इन्टरनेशनलले कार्यक्रम बिस्तार गरेका बाँके, बर्दिया, सुर्खेत, दाङ्ग, सल्यान र प्युठान जिल्लाका ४२ वटा सहकारीमा आवद्ध महिलाहरुले पालेका १५ हजार ६ सय गोटा खसीबोका बिक्रीबाट उक्त कारोबार भएको हो ।
४१ सहकारीमा २४ हजार ४ सय ३१ म्हिला शेयर सदस्य छन् । उनीहरुको कुल शेयर पुँजीमात्र २९ करोड २५ लाख रहेको छ । उक्त सहकारीमा आवद्ध महिलाहरुले उन्नता जातको खसीबोका व्यवसायिकरुपमा पालन गरेर बिक्री गर्दै आएका छन् । सोही क्रममा चालु आर्थिक वर्षको पुस महिनासम्म आम्दानी गरेका हुन । हेफर इन्टरनेशनलका कार्यक्रम प्रबन्धक कृष्ण कट्टेलका अनुसार बिगतमा रहेका हचुवाको भरमा बिक्री गर्ने परिपाटी अन्त्य भई महिला किसानहरुले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा मात्र रु २ करोड ५८ लाख आम्दानी गरेका छन् ।

खसी,बोकाको व्यवसाय र चुनौतीका बिषयमा जानकारी दिदै हेफरका अधिकारीहरु ।

‘महिलाहरु उत्साहित हुनुहुन्छ । यद्यपी अझै धेरै चुनौतीहरु छन् ।’ हेफरको सन्चारबिज्ञ सुम्निमा श्रेष्ठले भनिन–‘उचित मुल्य,बजार व्यवस्थापन, मुल्य निर्धारणको सरोकारवाला निकाय नहुनु समस्याका रुपमा रहेको छ ।’ हेफर कार्यक्रम प्रबन्धक कटट्ेलका अनुसार बिचौलीयको कमी भए पनि अझै त्यो समस्याका रुपमा रहेको छ । त्यसले पनि किसानको खसीबोकाले उचित मुल्य नपाएको उनले बताए । महिलाहरुले पालेका खसीबोकाको बजारिकरणमा समस्या नहोस् भन्नका लागि बाँकेको ढकेरीमा एक पटकमा ५ सय खसी बाख्रा राख्न मिल्ने नमुना केन्द्रको रुपमा विकास गरिएको निर्माण गरिएको केन्द्रका व्यवस्थापक कृष्ण केसीले बताए । यसलाई बिस्तार गरि उक्त केन्द्रमा खसीरबाख्राको संख्यामा बृद्धि गर्दै व्यावसाय सञ्चालन गर्ने र आगामि २ वर्ष भित्रमा केन्द्रमा वार्षिक ३० हजार बढी खसी संकलन गरी विक्रि बितरण गर्ने योजना रहेको उनले बताए ।

प्रकाशित मितिः     २४ पुष २०७५, मंगलवार १०:५५  |