बाँके लगायत पश्चिम नेपालमा भित्रियो सोचेको डटकम, अब सोचेकै सामान किन्न पाईने


नेपालगन्ज :  अनलाइन सपिङ्गको क्षेत्रमा फरक तरिकाले आएको सोचेको डटकमले बजार बिस्तारलाई तिब्र बनाएको छ । पश्चिम नेपालको बाँके, सुर्खेत, कैलालीमा १५ हजार बढि सामाग्री पाइने आउटलेटहरु खोल्नुका साथै सोेचेको डटकमका बारेमा आमनगारिकहरुलाई जानकारी गराउने काम भइरहेको छ ।

मेलान्च स्टोर तथा सोचेको डटकमका प्रबन्धक शैलेश लोहनीले अनलाईन सपिङ्गको प्रयोग बढ्दै गरेको भएपनि यसलाई अझ बिश्वसनिय बनाउन लागिपरेको बताए । ‘ बिशेष गरि कम्प्यूटर वा मोवाइलको माध्यम बाट फोटो वा भिडियो हेरेर खरिद गरिने अनलाइन सपिङ्गमा यदा कदा समान र फोटो उस्तै न हुने गरेको पनि छ । तर नियतबस नै त्यस्तै गर्ने वा फोटो चै राम्रो राखेर कमसल समान पठाउने गरेको पनि गुनासो सुनिने गरिन्छ ।’ लोहनीले भने,–‘ सोही कारण नेपालको परिपेक्षमा झट्टै े बिश्वास गरि हाल्ने प्रयोगकर्ताहरु कम रहेको र एक पटक हरेर किन्न पाए हुन्थो भन्ने मानसिक्ता रहेको पाइएको छ । नेपालमा अनलाइन सपिङ्ग भनेको खासाको सामन किने जस्तै वा एक प्रकारको सस्तो समान मात्र किन्ने हो भन्ने बुझाइ पनि धेरैको रहेको छ ।’

त्यसतै बिक्रेताबाट पाउने सहयोगमा बस्तुहरु बिवरण, फोटो सहि मुल्य लगायतका समस्याहरु रहेको छ । यी दुबै समस्याको हलको निम्ति सोचेको डट कमले आफ्नो पहिलो फ्लेसिप स्टोरको अवधारणाा सहित मेलान्ज स्टोर सचांलनमा ल्यएको छ । यस्तो स्टोर राजधानी बाहिर अहिले कोहलपुर, सुर्खेत र धनगडीमा स्थापना गरिएको छ । अब निकट भविष्यमा बुटवलमा पनि सन्चालन गरिने लोहनीले बताए । फ्लेसिप स्टोर भन्नाले यस स्टोरका सबै सामानहरु सोचेको डटकममा पनि हर्ने वा लिन सकिने अथवा अनलाइनमा हेरेको समान स्टोरमा आएर लिन सकिने हुन्छ । ‘यसबाट ग्राहकहरुले आफुले अनलाइनमा देखेको सामानलाई स्टोरमा गएर हेरेर लिन सक्नु हुने छ । मेलान्ज स्टोरले आफ्नो प्रोडक्टलाई सोचेको डट कम बाट मात्र नभएर अन्य अनलाइन सपलाई समेत उपलब्ध गराउने योजना बनाएको छ । जसबाट अन्य अनलाइन सपलाई समेत सजिलो हुने र सम्पूर्ण व्यवसायीलाई फाइदा पुग्ने कम्पनीको दावी छ ।’– लोहनीले भने । मेलान्ज स्टोरमा बिभिन्न ब्राण्डका लत्ता कपडा, घडि, हेल्थ प्रोडक्ट लगायतका अन्य घरायसी सरसामान समेत उपलब्ध हुने छ ।

प्रकाशित मितिः     २५ पुष २०७५, बुधबार ०९:४४  |