नेपालगन्ज : सुजुकी टु ह्वीलर्सको नेपालगन्जका लागि आधिकारीक विक्रेता नेपाल टे«ड इन्टरनेशनले सुजुकी बर्गम्यान १२५ सीसीको भब्य र्याली सम्पन्न गरेको छ । उक्त स्कुटरको केहीदिन अघि शुभारम्भ गरेपनि र्याली भने आज गरिएको हो । हाल सम्म नेपालमा उपलब्ध स्कुटरहरु मध्ये सबै भन्दा आकर्षक तथा सुविधा जनक यो स्कूटर यस प्रकारको पहिलो त्यस्तो किसिमको म्याक्सी–स्कूटर हो, जसमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८.७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसिको शक्तिशाली इन्जिन जडित छ ।
स्कूटरको अग्र भागमा डिस्क ब्रेक छ भने ५.६ लिटर क्षमताको प्रेट्रोल अट्ने क्षमता राख्दछ । डिजिटल ड्यासबोर्ड रहेको यो स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् । एरो डाइनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि युएसबि पोर्ट, पञ्जा राख्ने भाग जस्ता विविध सुविधाजनक विशेषताहरु पनि यस स्कुटरमा रहेका छन् । फरक खालको बनावटको कारणले यो स्कुटर अत्यन्त आकर्षक देखिनुका साथै बाक्लो र विस्तारित सिटले यसलाई चलाउँदा छुट्टै प्रकारको अनुभूति महशुस हुन्छ । यो स्कूटर सबै १२५ सिसिका स्कूटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापितहुने कुरा निर्विवाद रहेको कुरा नेपाल टे«ड इन्टरनेशनलका सन्चालक पुष्कल नेपालले जानकारी दिए ।
यो चौथो पुस्ताको हरेक चालकले खोजिरहेको एक सम्पूर्ण प्याकेजको स्कूटर पनि हो । हाल यसको बजार मूल्य रु.२,२९,९००÷– कायम गरिएको जनाईएको छ । सुजुकी, जापानीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो र हाल विश्वका प्रायःजसो सबै देशहरुमा यसको उपस्थिति रहेको छ । विश्वमा सर्वाधिक अवार्डहरु प्राप्त गर्न सफल सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मुल्यमा उपलब्ध छन् नेपालभर ८३ ठाउँबाट एउटै छानामुनिक सेल्स, सर्भिस र स्पेयर्सस बिक्री बितरण नेपालगको ठुलो घराना भीजी अटोमोवाईलले गर्दै आएको छ ।
नेपालगन्ज तथा आसपासका क्षेत्रमा बिक्री पछिको सेवा प्रभावकारी रुपमा प्रदान गर्ने क्षमता राख्ने नेपाल टे«ड इन्टरनेशनले सेल्स, सर्भिस र स्पियर्स सजीलोसंग उपलब्ध गराउदै आएको छ । बुधवार आयोजित कार्यक्रममा सानिमा बैंकका नेपालगन्ज प्रबन्ध मौसम केसीले स्कुटर र्यालीको शुभारम्भ गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, ग्रुप अफ कम्पनिजका प्रमुख पुस्कर नेपाल, सुजुकी कम्पनीका मार्केटिग म्यानेजर नवराज कोइरालाले बोलेका थिए ।