अपराध अनुसन्धानमा सहयोगी बनाउन बाँके प्रहरीलाई आईसीटी तालिम प्रदान


बाँके ः अपराध अनुसन्धानमा सूचना प्रविधिको प्रयोगका सम्बन्धमा बाँके प्रहरीलाई नेपाल प्रहरीलाई आई. सी. टि.() तालिम प्रदान गरिएको छ ।
क्यान महासंघ बाँकेको आयोजना तथा जिल्ला प्रहरी बाँकेको सहकार्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका मातहतका प्रहरी लाई सूचना प्रबिधिबाट अपराध अनुसन्धानमा सहयोग पुरयाउने उदेश्यले सन्चालन गरिएको आइ. सी. टि.तालिमको बिहिवार समापन गरिएको छ ।
सात दिन सम्म चलेको उक्त तालिममा ६ दिन कार्यालयमा उपयोगी हुने कम्प्युटर तालिम नेपालगन्जमा डेल्टा कम्प्युटरका दिपेश महतोले र होराइजन टेक्निकलका ओस्कार गाहले प्रसीक्षण दिइयका दिएका थिए । १ दिन सी.सी.टि.भी सर्विलांस सम्बन्धि तालिम तारिक बशीरले प्रदान गरेका थिए ।


जिल्ला प्रहरी कार्यालयको सभा हलमा सम्पन उक्त तालिम मा बोल्दै जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले आइटीको युग मा क्यान महासंघ बाँकेले गरेका कार्यहरुको प्रशंसा गर्दै अपराध अनुसन्धानमा सहयोग तथा प्रहरीको ससक्तिकरण का लागि संचालित तालिम आगामी दिनमा बृहत तरिकाले क्यान महासंघ बाँके शाखासंग सहकार्य गरेर जाने बताए ।
क्यान महासंघ बाके शाखाका अध्यक्ष भोजराज तिमिल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्र मा क्यान महासंघ प्रदेश न ५ प्रमुख धुर्ब राज शर्मा, पूर्व केन्द्रीय उपाध्यक्ष संजय थापाको बिशिस्ट अतिथि लगायतले बोलेका थिए । क्यान महासंघ बाँके शाखाका कोषध्यक्ष उपमा रेग्मीले स्वागत गरेको कार्यक्रम संचालन सचिब शिशिर नारायण श्रेष्ठले गरेका थिए ।

प्रकाशित मितिः     २६ पुष २०७५, बिहीबार १५:१७  |