होटल व्यवसायीको अधिवेशन : भिम कंडेलको नेतृत्वमा व्यवसायीक प्यानल घोषणा,महासचिवमा रंग खड्का


उम्मेदवारी घोषणा पछि व्यवसायिक समूह ।

बाँके : होटल व्यवसायी संघ बाँकेको माघ १३ गते हुने निर्वाचनका लागि व्यवसायीक समूहका तर्फबाट भिमलाल कंडेलको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ । नेकपा निकट व्यवसायिहरुको बर्चस्व रहेको उक्त समूहले बिहिवार नेपालगन्जमा भेला सहित उम्मेदवारी घोषणा गरेको हो ।
उक्त समूहको बरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बु, उपाध्यक्ष टेक नारायाण सापकोटा, महासचिव रंगबहादुर खड्का, सचिव प्रेम शाह, कोषाध्यक्ष टिकाराम खनाल, र सह कोषाध्यक्षमा राजकुमार बिक छन् । यस्तै कार्यसमितिको सदस्यमा दुर्गा बम, निर्मला सेजुवाल, लाक्पा शेर्पा, केशव योगी र एकराज पाण्डेले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष पदका उम्मेदवार भिम कंडेल

उम्मेदवारी घोषणा कार्यक्रममा होटल व्यवसायी संघ बाँकेका संस्थापक अध्यक्ष मदन कुमार बिसी, पुर्व अध्यक्ष भाष्कर काफ्ले, जनार्दन पाण्डे, संस्थापक कोषाध्यक्ष श्यामलाल काफ्ले, पूर्व बरिष्ठ सल्लाहकार प्रेम सापकोटा लगायतको सहभागिता थियो ।

महासचिव उम्मेदवार रंगबहादुर खड्का

उक्त समूहका अगुवा भाष्कार काफ्लले व्यवसायिक हितका लागि व्यवसायिक समूहलाई मत दिएर जिताउन आग्रह गरे । पूर्व बरिष्ठ उपाध्यक्ष नारद पुरीले कार्यक्रम सन्चालन र उम्मेदवारी घोषणा गर्दै एकढिक्का भएर निर्वाचनमा जान लागेको बताए ।

बाँकेमा यसरी एक भए बामपन्थी निकट होटल व्यवसायी

नेपालगन्ज : नेपालगन्ज होटल व्यवसायिक संघ बाँकेको अधिवेशन दुई पटक स्थगित भयो । अब माघ १३ गतेका लागि तेस्रो मिति तय भएको छ । तेस्रो पटक घोषणा गरिएको मिति नसर्नेमा व्यवसायीहरु ढुक्क छन् । मुख्य प्रतिस्पर्धी दुई समूहले उम्मेदवारी घोषणा गरिसकेको अबस्थामा दुबै प्यानलका उम्मेदवारहरु मतदातासंग पुगेर मत मागिरहेका छन् । व्यवसायीहरुलाई चुनावको रौनकले छोएको छ ।


होटल व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष एवं व्यवसायिक समूहका अगुवा व्यवसायी भाष्कर काफ्ले।

यो निर्वाचनले होटल व्यवसायीलाई मात्र होइन राजनीतिक दललाई समेत छुने गरेको छ । दुबै प्यानलले आफुहरुलाई बिशुद्ध व्यवसायिक प्यानल भन्ने दाबी गरेपनि राजनीतिक आस्था र प्रभावले उनीहरुलाई छुने गरेको बिगत छ । नेपाली काँग्रेस र नेकपा निकट व्यवसायीहरु मुख्य प्रतिस्पर्धी भएर निर्वाचनमा होमिने गरेका छन् ।
यसपटक नेकपा निकट व्यवसायीहरु माझ उम्मेदवारी घोषणाका बिषयमा सकस उत्पन्न भएको थियो । एक भएर उम्मेदवारी घोषणा भएको अगुवा व्यवसायी भाष्कर काफ्लेले बताए । उनले भने, ‘हामी बीचमा बिबाद थिएन । को कुन उम्मेदवार बन्ने भन्ने बिषयमा छलफल त जहाँ पनि हुन्छ नी । अहिले एक भएर हामी चुनावमा जुटेका छौं । ’ बामपन्थी निकट व्यवसायीहरुले सुरुमा रंग खड्कालाई अध्यक्ष बनाउने सहमति गरेका थिए । त्यस्तो सहमतिप्रति असहमति जनाउँदै बर्तमान महासचिव भिम कंडेल लगायतका व्यवसायीहरुले असन्तुष्टि जनाउदै फरक प्यानल खडा गर्ने चेतावनी दिए । यिनै समस्या रहेका बेला आन्तरिक बिबादका बीच होटल व्यवसायी संघको दोस्रो पटक तोकिएको अधिवेशननै स्थगित भयो । चुनाव स्थगित भएपछि बापन्थी निकट व्यवसायीहरु आन्तरिक सहमतिमा जुटे । पुर्व योजना स्थगित गरी भिम कंडेललाई अध्यक्ष बनाउने निर्णय कार्यान्वयन गर्दै बिहिवार उम्मेदवारी घोषणा गरियो । बिहिवार उम्मेदवारी घोषणा सभा बामपन्थी निकट व्यवसायीहरुका लागि उत्साहप्रद थियो । किनकी उनीहरु बीच उम्मेदवारी घोषणाका बिषयमा सबै सहमति जुटिसकेको काफ्लेले बताए ।

उम्मेदवारी घोषणा गर्दै संघका पूर्व उपाध्यक्ष नारद पुरी ।

अध्यक्षको दाबी गरेका पुर्व बरिष्ठ उपाध्यक्ष नारद पुरीलाई केन्द्रमा लैजाने, रंग खड्कालाई महासचिव बनाईएको छ भने भिम कंडेललाई अध्यक्षको उम्मेदवार बनेका छन् । कंडेल अहिलेको कार्यसमितिमा महासचिव छन् भने खड्का बरिष्ठ सदस्य छन् । आन्तरिक बिषय सबै अत्यन्त सौहार्दरुपमा सल्टिएको अगुवा व्यवसायी पुरीले बताए । अध्यक्ष उम्मेदवार कंडेलले आफ्नो समूहमा यसअघि उम्मेदवारी बनाउने बिषयमा बहस भएको तर बिबाद नभएको बताए ।

प्रकाशित मितिः     २६ पुष २०७५, बिहीबार १७:५२  |
error: Content is protected !!