नेपालगन्ज पछिको दोस्रो शहरका रुपमा स्थापित हुँदै छ, कोहलपुर । दिनप्रतिदिन शहरीकरणको आकार बढ्दै छ भने आर्थिक विकासले गति लिइरहेको छ । उत्पादनमुखी उद्योगहरुलाई प्राथमिकता दिएर यहाँ लगानी गर्ने क्रम पनि बढेको छ । पूर्वपश्चिम राजमार्गमा रहेको कोहलपुरलाई सबैक्षेत्रको ट्रान्जिटका रुपमा हेरिने गरिएको छ । कोहलपुरको समग्र विकास र यो शहरको नेपालगन्जसंगको सम्बन्धका बिषयमा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीसंग नेपालगन्ज विजनेशका लागि गरिएको कुराकानी प्रस्तुत छ,
कोहलपुरको समग्र आर्थिक विकासको अवस्थालाई यहाँले कसरी मुल्यांकन गर्नुभएको छ ?
-देशमा राजनीतिक स्थिरतामा कायम भएपछि कोहलपुरक्षेत्रमा भौतिक पूर्वाधार हुँदै ओद्योगिक विकासको क्षेत्रले गति लिएको छ । यहाँको व्यापार व्यवसाय फस्टाउँदो छ । कोहलपुर ट्रान्जिट प्वाईण्ट भएकाले यहाँबाट पहाडी तथा पूर्व पश्चिमका बिभिन्न जिल्लामा व्यवसायिक कारोबार गर्न सहज र सरल छ । यो शहरको भौगोलिक सुगमताले साथ दिएको छ । व्यापार मात्र होइन उत्पादनमुखी क्षेत्रमा समेत यहाँका व्यवसायीहरु सक्रिय हुन थाल्नुभएको छ । करोडौको लगानी गरेर उद्योग सन्चालन भइरहेका छन् । यहाँका ग्राहक तथा उपभोक्ताले खोज्ने जस्तोसुकै सामाग्री कोहलपुरमै पाइने अवस्था बनेको छ ।
जग्गा पाउनै मुस्किल र पाएपनि उद्योग सन्चालन गर्ने भन्दा धेरै मुल्य तिर्नुपर्ने परिस्थिती छ । जग्गामै ठुलो लगानी लगाउनु परेको छ । अर्को समस्या भनेको उर्जा नै हो । जग्गा भएको ठाउँमा उर्जा पुग्न सकिरहेको छैन । यस्तो अवस्थामा चाहेर पनि व्यवसायीले ढुक्कका साथ लगानी गर्न सकिरहेका छैनन् ।अहिले बैजनाथमा औद्योगिक क्षेत्र निर्माणको पहल गरिएको छ । डिपिआर भइसकेको छ । तर सरकारले यो औद्योगिक क्षेत्र सम्पन्न गर्न छ अर्व रुपैया लाग्छ भन्दै गर्दा सात करोड बिनियोजन गरेर त्यो औद्योगिक क्षेत्र कहिले निर्माण गरिसक्ने हो ? सोच्नुपर्ने बिषय बनेको छ । सरकारले औद्योगिकरण गर्ने हो भने पुर्वाधार र स्पष्ट नीति बनाउन जरुरी छ ।
यो भन्दा अझ राम्रो गर्न सकिन्थ्यो भन्ने कुनै बिषय छ ?
-सबै बिषयमा सन्तुष्ट हुने कुरा भएन । कोहलपुरमा लगानीकर्ताको आर्कषण बढोस् र यहाँ उद्योग, कलकारखाना अझ बढि स्थापना होस् भन्ने चाहाना निश्चय पनि छ । नीतिगत कुरामा हामी पछाडी छौं जस्तो लाग्छ । व्यवसायमैत्री नीति ल्याउन जरुरी छ । उद्योग धन्दा खोल्ने इच्छा हुँदाहुँदै पनि जग्गा अभाव र बिद्युत जस्ता समस्याले पिरोल्ने गरेको छ । जग्गा पाउनै मुस्किल र पाएपनि उद्योग सन्चालन गर्ने भन्दा धेरै मुल्य तिर्नुपर्ने परिस्थिती छ । जग्गामै ठुलो लगानी लगाउनु परेको छ । अर्को समस्या भनेको उर्जा नै हो । जग्गा भएको ठाउँमा उर्जा पुग्न सकिरहेको छैन । यस्तो अवस्थामा चाहेर पनि व्यवसायीले ढुक्कका साथ लगानी गर्न सकिरहेका छैनन् । अहिले बैजनाथमा औद्योगिक क्षेत्र निर्माणको पहल गरिएको छ । डिपिआर भइसकेको छ । तर सरकारले यो औद्योगिक क्षेत्र सम्पन्न गर्न छ अर्व रुपैया लाग्छ भन्दै गर्दा सात करोड बिनियोजन गरेर त्यो औद्योगिक क्षेत्र कहिले निर्माण गरिसक्ने हो ? सोच्नुपर्ने बिषय बनेको छ । सरकारले औद्योगिकरण गर्ने हो भने पुर्वाधार र स्पष्ट नीति बनाउन जरुरी छ ।
कोहलपुरक्षेत्रमा औद्योगिक विकासका लागि स्थानीय र प्रदेश सरकारबाट कस्तो अपेक्षा गर्नुभएको छ ?
अहिले देशमा तीन तहका सरकार छन् । तर अहिले पनि केन्द्रले प्रदेशलाई र प्रदेशले स्थानीइ तहलाई हेर्ने दृष्टिकोण र कानुन निर्माणका बिषयमा अझै स्पष्ट छैन । नीति तथा कानुन निर्माणका बिषय स्पष्ट हुन जरुरी छ । प्रदेश र स्थानीय सरकारले उद्योगमैत्री नीति बनाएर आर्थिक विकासको जुन बहस भइरहेको छ , त्यसलाई सार्थक बनाउनु पर्छ ।
अर्को बिषयमा कुरा गरौं, बाँकेमा देशकै ठुलो र ऐतिहासिक शहर नेपालगन्ज छ र कोहलपुर दोस्रो ठुलो शहरका रुपमा परिणत भइरहेको
छ । दुबै शहरको आआफ्नो महत्व र गरिमा छ । तर यदाकता यि दुबै शहरलाई भर्सेज बनाउने कामहरु भएको देख्न पाईन्छ । यस्ता कुरालाई तपाईले कसरी नियाल्नुभएको छ ?
नेपालगन्ज ऐतिहासिक महत्व राख्ने शहर हो । प्रमुख भन्सार नाकासंग जोडिएको शहर हुनाले यसको बिशेष महत्व पनि छ । नेपालगन्जको यतिका महत्व हुँदाहुँदै कोहलपुर जस्तो भर्खर उदाउँदै गएको शहरलाई हेर्ने दृष्टिकोण बिगतबाटै फरक पाएको छु । कार्यालय तथा ठुला योजनाका सन्र्दभमा हामीलाई हेर्ने दृष्टिकोण फरक छ । यो दृष्टिकोण फेरिनुपर्छ । कोहलपुर भर्खर उदाउँदो, उर्बराउँदो शहर हो । अर्को हिसावले भन्दा भन्सार नाका नभएपनि ट्रान्जिट प्वाईन्ट भने हो । यसको विकासलाई कसैले रोक्न सक्दैन । आफ्नै गतिमा अघि बढ्छ । हामी नेपालगन्ज र कोहलपुर बीच अस्वस्थ्य प्रतिस्पर्धा हुनुहुँदैन । समग्र बाँके जिल्ला भनेर अघि बढ्नुपर्छ । कोहलपुर होस् चाहे नेपालगन्ज, जुनसुकै ठाउँको विकास भएपनि त्यो समग्र बाँकेको विकास हो भन्ने बुझ्न जरुरी छ ।
नेपालगन्जमा केही हुँदा कोहलपुरले बिरोध गर्ने र कोहलपुरमा केही हुँदा नेपालगन्जले बिरोध गर्नाले धेरै योजनाहरु गुमेका छन् । त्यसको फाईदा अरु जिल्ला लिएका छन् । हामीले आर्थिक विकासका मुद्दामा कुनै पनि फरक बिचार नराखौं । समग्र बाँके जिल्ला भनेर अगाडी बढ्न सक्यौ भने त्यसभित्र नेपालगन्ज पनि अटाउँछ र कोहलपुर पनि अटाउँछ । कुनै पनि परियोजना आयो भने नेपालगन्ज र कोहलपुर एकमत भएर अगाडी बढ्नुपर्छ । अनि मात्र हामी सफल हुन्छौं ।
यस्ता सोंचहरुले बाँके जिल्लाको हित गर्छ ?
यस्ता सोचको उपज हामीले धेरै कुरा गुमाएका छौं । नेपालगन्जमा केही हुँदा कोहलपुरले बिरोध गर्ने र कोहलपुरमा केही हुँदा नेपालगन्जले बिरोध गर्नाले धेरै योजनाहरु गुमेका छन् । त्यसको फाईदा अरु जिल्ला लिएका छन् । हामीले आर्थिक विकासका मुद्दामा कुनै पनि फरक बिचार नराखौं । समग्र बाँके जिल्ला भनेर अगाडी बढ्न सक्यौ भने त्यसभित्र नेपालगन्ज पनि अटाउँछ र कोहलपुर पनि अटाउँछ । कुनै पनि परियोजना आयो भने नेपालगन्ज र कोहलपुर एकमत भएर अगाडी बढ्नुपर्छ । अनि मात्र हामी सफल हुन्छौं ।
तपाईहरुले यस बिषयमा नेपालगन्जको नीजिक्षेत्रसंग छलफल र बहस गर्नुभएको छ ?
छलफल र बहस मात्र होइन सहकार्य पनि भएका छन् । धेरै आर्थिक विकासका मुद्दामा कोहलपुर र नेपालगन्जको नीजिक्षेत्र संगै छ । बिमानस्थलको स्तरोन्नती होस् चाहे नेपालगन्ज दिल्ली उडानको कुरा होस् यसमा हामीसंगै छौं । उर्जा समस्या समाधानका पनि हामीले सहकार्य गरेका हौं । सहकार्य नभएको भन्ने कुरा होइन र आगामी दिनमा पनि यस्ता कुरामा रहन्छ । नीजिक्षेत्र मात्र होइन समग्र बिषयमा कोहलपुर र नेपालगन्ज एकमत भएर अगाडी बढ्नुपर्छ भन्ने लाग्छ मलाई ।