हिमालको भुटेको मकैदेखि फापरको मिठोसम्म पाईन्छ नेपालगन्जमै


नेपालगन्ज : हिमाली भेगमा मात्र पाईने खाद्य सामाग्रीहरु खाने मन छ ? यदि छ भने अब तपाई हिमालका गाउँघरैमा जानपर्दैन । नेपालगन्जमै यस्तो सामाग्री पाईन्छ ।  नेपालगन्ज, काँरकादोमा रहेको ईजी मार्ट एन्ड डिपार्टमेन्ट स्टोरले मनागं, मुस्तांगक्षेत्रमा उत्पादन भएका हिमाली भेगका खाद्यन सामाग्री नेपालगन्जमा भित्रा्एको छ । उक्त स्टोरमा भुटेको मकैदेखि फापरको पिठोसम्म पाईन्छ । पोखराबाट आर्कषक प्लाष्टिकमा प्याक गरी खाद्यनहरु बजारमा ल्याईएको छ ।
जसमा नारा नै यस्तो लेखिएको छ,
(उच्च हिमाली भेकको उत्पादन अब नेपालगँजमा“
हजूरको चाहना ,हाम्रो अभियान
आफ्नै गाउँघरका मौलिक उत्पादन हरु,
बिषादीरहित खाद्यान्नबाट गरौ जीवन सुचारु ।
ईजी मार्ट एन्ड डिपार्टमेन्ट स्टोरका सन्चालक ललित रौनियारका अनुसार केहीदिन अघि मात्र ती सामाग्रीहरु नेपालगन्जमा भित्रा्ईएको हो । अहिले माग बढेको उनले बताए । उक्त स्टोरमा प्याक गरेर राखिएको भुटेको मकै, मिक्स खाजा, मिक्स सादा सातु,मिक्स नट सातु, मिक्स सुगर फ्रि सातु, भुटेको चना, भुटेको सेतो भट्ट, कोदोको पिठो, मार्सि चिउरा, फापरको मिठोसम्म उपलब्ध छ । यसको मुल्य खाद्य सामाग्री अनुसार एक सय ५० देखि २ सय ५० सम्म रहेको छ ।

पाईने स्थान :  ईजी मार्ट एन्ड डिपार्टमेन्ट स्टोर ,
कारकाँदो सुर्खेत रोड नेपाल गँज
सम्पर्क नम्बर :  ९८४८०७१७८२

प्रकाशित मितिः     २७ पुष २०७५, शुक्रबार १५:३४  |