नेपालगन्ज : आज अग्रिम कर बुझाउने अन्तिम दिन । आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा अग्रिम कर बुझाउनेको लामो लाईन छ । सरकारले विगतमा करको दायरामा नआएका तर आर्थिक कृयाकलापमा संलग्न रहेका ब्यक्तिहरुले स्थायी लेखा नम्बर लिइ आर्थिक कारोबार गरिरहेको भएमा कर तिर्न स्किम ल्याएको छ। आर्थिक बर्ष २०७१र७२ देखि २०७३र७४ सक्मको आय विवरण र त्यसमा लाग्ने कर आजसम्म बुझाएमा त्यस बापत लाग्ने शुल्क तथा ब्याज मिन्हा हुने आन्तरिक राजश्व विभागले जनाएको छ।
करको दायरामा आएका तर आर्थिक बर्ष २०७२र७३ वा त्यसभन्दा अघिसम्मको आय विवरण पेस नगरेका प्राकृतिक ब्यक्तिले २०७१र७२ र २०७२र७३ को आय विवरण र त्यसमा लाग्ने आजसम्म बुझाएमा त्यसभन्दा अघिका बर्षहरुको आय विवरण र कर बनुपर्ने तथा त्यसमा लाग्ने कर शुल्क तथा ब्याजसमेत मिन्हा हुने छ। आन्तरिक राजश्व कार्यालय नेपालगन्जका सूचना अधिकारी नवराज पराजुलीले साँझसम्म कार्यालय खुल्ला रहने जानकारी दिए ।