रानीतलाउ सब्जीमण्डीमा सख्खरखण्ड र तरुलको मुल्य यस्तो छ


बाँके : यतिबेला मकर संक्रान्तिको रौनक छ । मकर संक्रान्तिमा सबैभन्दा बढि खाने सख्खरखण्ड, तरुल किन्नेको भिड नै लाग्छ । तपाईले किन्ने सख्खरखण्ड र तरुलको मुल्य सबै ठाउँमा एकनासको भने छैन ।
रानी तलाउमा सख्खरखण्ड र तरुल तपाईले अन्य ठाउँभन्दा सस्तो पाउन सक्नुहुन्छ । ठुलो तरकारी बिक्री केन्द्रका रुपमा रहेकोे रानी तलाउँमा अन्य ठाउँको भन्दा दश देखि बिस रुपैया सस्तो पाउन सकिने रानी तलाउ तरकारी व्यवस्थापन समितिका कार्यसमिति सदस्य मेराज कवाडियाले बताए । थोक र खुद्रामा ग्राहकले सस्तो पाउनको उनको भनाई छ ,

हेरौं रानीतलाउ सब्जीमण्डीमा सख्खरखण्ड र तरुलको मुल्य ।

तरुल : थोक ८० रुपैयादेखि ९० रुपैयासम्म प्रतिकेजि, खुद्रा एक सय रुपैयादेखि १ सय २० रुपैया प्रतिकेजिसम्म ।

सख्खरखण्ड :  थोक ३० रुपैयादेखि ३२ रुपैया प्रतिकेजि, खुद्रा ४० देखि ५० रुपैया प्रति केजिसम्म ।

प्रकाशित मितिः     ३० पुष २०७५, सोमबार १४:००  |