सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा अच्युत प्रसाद प्रसाईं,९.४५ प्रतिशत लाभांश पारित


काठमाडौं, ३० पुस । सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा अच्युत प्रसाद प्रसाईं चयन भएका छन् । बैंकको सोमबार सम्पन्न १४औं साधारणसभाबाट सर्वसम्मत निर्वाचित सञ्चालक समितिको बैठकले आगामी कार्यकालका लागि प्रसाईंलाई अध्यक्ष चयन गरेको हो ।

साधारणसभाका अवसरमा संस्थापक समूह तथा सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३र३ जना संचालकहरुको निर्वाचन भएको थियो । संस्थापक शेयरधनीको तर्फबाट अच्युत प्रसाद प्रसाई, शान्तराज बतास र सुशीलकाजी बाँनियाले प्रतिनिधित्व गरेका छन् । सर्वसाधारण शेयरधनीको तर्फबाट गंगासागर ढकाल, सुमन कुमार श्रेष्ठ र रबिना शेरचनले प्रतिनिधित्व गरेका छन् । नवनिर्वाचित संचालक समितिको बैठकले प्रसाईंलाई आगामी कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले जानकारी दिए ।

 बैंकले आफ्ना सेयरधनीलाई ९.४५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंककोे १४औ बार्षिक साधारणसभाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक बर्ष०७४/७५ को खुद मुनाफाबाट चुक्ता पूंजीको ४ प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ५.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ६० करोड ६६ लाख ४० हजार ४ सय हुने बैंकले जनाएको छ ।


सभाले आर्थिक बर्ष २०७४/७५ को आर्थिक विवरण सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा. रबिन्द्र प्रसाद श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन माथी   छलफल गरि पारित गरिएको  छ ।  साधारण सभाका अवसरमा संस्थापक समुह तथा सर्वसाधारण समुहका सेयररधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ र ३ जना संचालकहरुको निर्वाचनमा संस्थापक सेयररधनीको तर्फबाट  प्रतिनिधित्व गर्ने  अच्युत प्रसाद प्रसाई,   शान्तराज बतास र   सुशिलकाजी बाँनिया तथा सर्वसाधारण सेयरधनीको तर्फबाट गंगासागर ढकाल, सुमन कुमार श्रेष्ठ र रबिना शेरचन र्निबिरोध निर्वाचित भएका छन ।

हाल बैंकको ७७ वटा शाखा  २३ वटा एटिएम मार्फत ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ । निकट भविष्यमा बैंकले अन्य ठाउँमा पनि शाखा विस्तार गर्ने बैंकले जनाएको छ ।

प्रकाशित मितिः     ३० पुष २०७५, सोमबार १८:५७  |
error: Content is protected !!