नेपालगन्ज : भारत उत्तरप्रदेशका बिभिन्न क्षेत्रका बिधायकहरुले नेपालको प्रशंसा गर्दै नेपालगन्ज -रुपैडियामा निर्माण सुरु भएको संयुक्त एकिकृत भन्सार जाँचचौकीले उद्योगी, व्यवसायीहरु मात्र नभई समग्र नेपाल र भारतका नागरिकहरुबीचको मन जोड्ने काम गर्ने बताएका छन् । भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले सोमबार भब्य कार्यक्रमकाबीच भारतीयक्षेत्रको एकिकृत भन्सार जाँचचौकी शिलान्यास गरेका थिए । उक्त कार्यक्रममा बोल्दै बाँकेसंग सिमा जोडिएको बहराईचक्षेत्रका प्रदेश बिधायकहरुले नेपालसंगको सम्बन्ध थप मजबुत हुने बिश्वास गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै उत्तरप्रदेश सरकारकी शिक्षा राज्यमन्त्री अनुपमा जयसवालले एकिकृत भन्सार जाँचचौकीले नेपाल र भारतका नागरिकहरुको मन पनि जोड्ने बताईन । उनले भनिन्–‘यसले ब्यापार व्यवसायमात्र होइन नेपाली र भारतीयबीचको मन पनि जोड्ने काम गर्छ ।’
नानपाराक्षेत्रकी बिधायक माधुरी बर्माले केन्द्र सरकारले आफ्नो क्षेत्रमा अति नै महत्व राख्ने प््रोजेक्ट सुरु गरेको भन्दै धन्यबाद दिईन । उक्त प्रोजेक्टले नेपालसंगको आर्थिक विकासमा मात्र नभई ऐतिहासिक सम्बन्धलाई पनि अझ मजबुत बनाउन सहयोग गर्ने बताईन ।