खजुराको क्यान्सर अस्पताललाई काँग्रेसले अस्तित्वसंग जोडेपछि नेकपाका नेताको प्रतिबाद


बाँके : बाँकेको खजुरामा निर्माण भएको पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पतालको नाम परिवर्तनसंगै बन्द हुनेसम्मको हल्लाले यतिबेला सामाजिक सन्जालमा चर्चा पाएको छ । यो चर्चामा सत्तारुढ नेकपा र बिपक्षी दल नेपाली काँग्रेसका नेताहरु आमने सामुने भएका छन् ।
राजनीतिक आस्था भन्दा बाहिर गएर महायज्ञ लगाई खजुराबासीले निर्माण सुरु गरेको क्यान्सर अस्पतालको नाम परिवर्तन गरी शुसिला कोइराला थपेपछि बिबाद चर्किदै आएको छ । नेकपा र नेपाली काँग्रेसले यसलाई प्रतिष्ठाको बिषय बनाएका छन् । सुशिला कोइरालाको नाम थपेपछि नेकपाका नेता र कार्यकर्ताहरु रुष्ट छन् । सोमबार एकाएक सामाजिक सन्जालमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले बर्तमान सरकारले खजुरा क्यान्स अस्पतालबाट सुशिला कोइरालाको नाम हटाउन खोजेको आरोप लगाए । साथै उनीहरुले अस्पतालकै भविष्य अब के हुने भन्ने अन्यौलता छाएको दाबी गरे । शुसिल कोइरालाको नाम हटाउनका साथै अस्पतालनै बिघटन भएको भन्दै नेपाली काँग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले सरकारले आफ्नो पार्टीको अस्तित्व माथि प्रहार गरेको बताए ।



प्रखर परोपकार मिसनका महासचिव राजेन्द्र आचार्यले सुत्रको हवाला दिदै अस्पताल बन्द गर्न खोजिएको भन्दै आन्दोलनसम्मको चेतावनी दिए । उनले सामाजिक सन्जालमा लेखेका छन्,
‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको भबिष्य अन्यौलमा, प्रखर परोपकार मिसन नेपाल र यसक्षेत्रका जनताहरु माथी ठूलो बिश्वास घात हुँदै, (विशेष सुत्र ) अब आन्दोलनको विकल्प रहेन ।’
नेपाली काँग्रेसका बरिष्ठ नेताहरुले पनि बिभिन्न ठाउँमा अस्पतालको नाम परिवर्तन गर्न लागेकोदेखि अस्पताल नै बन्द गराउन खोजेको अभिव्यक्ति दिएका छन् ।
तर यता नेकपाका नेताहरुले काँग्रेस निकट नेताहरुको भनाई प्रति कडा प्रतिबाद गरेका छन् । उनीहरुले प््रधानमन्त्री भएका बेला आफ्नै गृहजिल्लामा बन्न लागेको अस्पताललाई कुनै सहयोग नगरेको तर उनै सुशिल कोइरालालको नाम अस्पतालसंग जोडिएको बताए । नेकपाका नेता रत्न खत्रीले सामाजिक सन्जालमा लेखे,
‘खजुरा क्यान्सर अस्पताल बारे अनावश्यक हल्ला चलाउने काम नगरौं हामी सबैलाई हेक्का रहोस् माधव नेपाल प्रधानमन्त्री र सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा पहिलोपटक नेपाल सरकारले बजेट मार्फत रु ५ करोड को लगानी को निरन्तरताले आजको क्यान्सर अस्पतालको रुप धारण गरेको हो । बरु सुशील कोइराला प्रधानमन्त्री हुँदा त्यो रकम रोकिएको कुरा सत्य हो । केही अस्पतालका पदाधिकारीको अस्पताल सत्तमोहका कारण पदसङ अस्पतालको नाम सट्ने काम भयो जो दुर्भाग्य थियो । बर्तमान सरकार यो अस्पतालको स्तर वृद्धि र नामकरणको खोजी गर्दै छ यहि कुरालाई बंग्याएर अस्पताल विघटन गर्दैछ भनी प्रचार गर्नु बेइमानी हो । खजुरा क्यान्सर अस्पतालको आमा नेपाल कम्युनिस्ट पार्टी हो । आफ्ना संन्तानको पालनपोषण कसरी गर्ने कुरा आमालाई सिकाउनु पर्दैन । जुन मान्छे प्रधानमन्त्री हुदा नेपाल सरकारले दिदै आएको रकम रोक्छ त्यही मान्छेको नाममा अस्पतालको नामकरण गर्नु तत्कालिन अस्पतालका सत्ता मोह बाट लिप्त पदाधिकारीको अकर्मण्यता थियोे । ढिलै भए पनि बर्तमान सरकार सच्याउने तहमा पुगेको छ । मेरो अनुरोध छ नेपाल सरकारलाई खजुरा क्यान्सर अस्पतालको नामकरण सहिद सेतु बिक क्यान्सर अस्पताल गरियोस ।’

प्रकाशित मितिः     १ माघ २०७५, मंगलवार ०९:२५  |
error: Content is protected !!