क्यान्सर अस्पताल बन्द हुने हल्लाको पछि नलागौं : किस्मत कक्षपति


बाँके : बाँकेको खजुरामा निर्माण भएको क्यान्सर अस्पताल बन्द हुने हल्ला फैलाउने काम बन्द गर्न खजुरा गाउँपालिकाक अध्यक्ष किस्मतकुमार कक्षपतिले आग्रह गरेका छन् । कक्षपति क्यान्सर अस्पताल निर्माणका लागि सुरुदेखि नै सक्रिय र निरन्तर अध्यक्ष भई जिम्मेवारी सम्हालेका व्यक्ति हुन ।
खजुरा गाउँपालिका अध्यक्ष समेत रहेका कक्षपति अहिले क्यान्सर अस्पताल निर्माणको अभियान सुरु गर्ने प्रखर परोपकार मिसनको अध्यक्ष छन् । खजुराबासीले दुःख गरेर निर्माण गरेको अस्पताल बन्द हुने कुरा हल्ला मात्र भएको बताउँदै कक्षपतिले त्यस्तो हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । केन्द्र तहमा अब क्यान्सर अस्पताल खजुरा कुन मोडेलमा सन्चालन हुने भन्ने बिषयमा छलफल भएको बताउँदै कक्षपतिले भने ‘करोडौंको संरचना बनेर सेवा समेत सुरु गरिसकेको अवस्थामा सरकारले अस्पताल बन्द गर्ने कुरा हल्ला मात्र हो । राजनीतिक अभिष्ट पुरा गर्ने उदेश्यले चलाईएको हल्लाका पछि नलागौं । सरकारले अझ राम्रो तरिकाले अस्पताल सन्चालन गर्छ, ढुक्क रहनुहोस् ।’


प्रकाशित मितिः     १ माघ २०७५, मंगलवार १२:०८  |
error: Content is protected !!