नेपालगन्जमा ५० लाख बढिको सख्खरखण्ड भित्रियो


नेपालगन्ज : मकर संक्रान्ति पर्वका सबैभन्दा धेरै खाने गन्जी  ( सख्खरखण्ड) समेत भारतमा भित्रिने गरेको पाईएको छ । बाँकेमा मात्र रु ५० लाख बढि मुल्य बराबरको सख्खरखण्ड नेपालगन्ज नाका हुँदै भित्रिएको व्यवसायीहरु बताउँछन् ।
तरुल, फर्सी नेपालमै पाइने भएपनि सख्खरखण्ड भने उत्पादनको कमीका कारण भारतबाट ठुलो मात्रामा आउने गरेको बाँकेकै सबैभन्दा ठुलो तरकारी बजार रानी तलाउ तरकारी बजार व्यवस्थापन समितिका कार्यसमिति सदस्य मेराज कवाडियाले जानकारी दिए । उनका अनुसार सोमबारसम्म रानी तलाउ तरकारी बजारमा मात्र दश हजार किलो सख्खरखण्ड भित्रिएको छ । यसको थोक मुल्य मात्र रु ३० लाख हुन आउँछ । प्रति किलो रु ३० रुपैयामा व्यवसायीहरुले खरिद गर्ने गरेका छन् ।
‘यति त हाम्रोमा मात्र आउँछ । त्यसबाहेक नेपालगन्जमै रुपैडियाबाट खुद्रा र कोहलपुर लगायतका तरकारी बजारमा भित्रिन्छ ।’– कवाडियाले भने ‘माघीका लागि मात्र ५० लाख भन्दा बढि मुल्यको सख्खरखण्ड भित्रिन्छ ।’ भारतमा यसको मुल्य कम हुने भएकाले व्यवसायीहरुले नेपाल भित्राउने गरेका छन् ।
कवाडियाका अनुसार फर्सी र तरुल भने नेपालकै पर्याप्त रहेको छ । तरुल सर्लाहीबाट नेपालगन्जमा आउने गरेको छ । त्यस्लै सख्खरखण्ड कैलाली र बाँकेको बिभिन्न ठाउँबाट आउने गरेको छ ।

प्रकाशित मितिः     १ माघ २०७५, मंगलवार १६:५२  |