होटल व्यवसायीले भने,–‘पुर्वाधार बनाऔं, नाकाकै मात्र भर नपरौं ’


बाँके : नेपालगन्जका होटल व्यवसायीले प्रदेश ५ की उपसभामुख कृष्णी थारुसंग यहाँको व्यवसायीक समस्याका बारेमा कुरा राखेका छन् । माघी मनाउन बर्दिया जाने क्रममा नेपालगन्ज आएकी उपभामुख थारुसंग मंगलबार बिहान यहाँका होटल व्यवसायीहरुले भेटघाट गरेका
थिए ।
उपसभामुख थारुसंग होटल व्यवसायी संघ, बाँकेका पुर्व अध्यक्ष भाष्कर काफ्लेले पछिल्लो समय नेपालगन्जको होटल व्यवसाय सन्तोषजनकरुपमा फस्टाउन नसकेको बताए । उनले भने,–‘जुनरुपमा यहाँ साना ठुलो होटलमा लगानीको आर्कषण छ , त्यस अनुसार व्यवसाय फस्टाउन सकेको छैन ।’



काफ्लले संघीय संरचना कार्यान्वयनसंगै नेपालगन्जबाट सरकारी, गैरसरकारी निकाय अन्यत्र सरेर गएको र यहाँ हुने कार्यक्रममा पनि कमी आएको बताए । नेपालगन्जलाई मानसरोसरसंग जोडेर धार्मिक पर्यटनको विकास गर्न सके धेरै राम्रो हुने काफ्ले बताए ।
व्यवसायीहरुले सो क्रममा धार्मिक पर्यटनको विकास गर्न नेपालगन्ज दिल्ली हवाई उडान आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघ बाँकेका महासचिव भिम कंडेलले नेपालगन्ज दिल्ली उडान जतिसक्यो छिटो हुनुपर्नेमा जोड दिए । उनले अन्य पुर्वाधार नबने तर नाकाकै भरमा होटल व्यवसाय फस्टाउन नसक्ने बताए । उनले त्यसका लागि उपसभामुख मार्फत मुख्यमन्त्रीको ध्यानार्कषण गराए । कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, नेकपाका नेता अशोक कर्माचार्य, डिल्ली बिसी, नेपाल पत्रकार महासंघ प्रदेश ५ का महासचिव भेषराज बस्नेत, होटल व्यवसायी रंग खड्का लगायतले बोलेका थिए ।

प्रकाशित मितिः     १ माघ २०७५, मंगलवार १४:२६  |
error: Content is protected !!