नेपालगन्ज : सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष अच्युत प्रसाद प्रसाईले मंगलबार डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भए पछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वा्चित भएसंगै तोकीएको ढांचामा राष्ट्र बैंक समक्ष शपथ लिनुुपर्ने ब्यवस्था छ ।
सपथमा बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको पनि सहभागिता थियो। बैकले आ.ब. २०७५र७६ को दोस्रो त्रैमासमा करिब १८ अर्ब ५० करोड निक्षेप संकलन तथा १६ अर्ब ७५ करोड कर्जा प्रवाह गरि करिब २९ करोड ५० लाख संचालन मुुनाफा आर्जन गरेको प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।