क्यान्सर अस्पताललाई अन्यौलमा नराख्न प्रखर मिसनको चेतावनी


बाँके : खजुरामा क्यान्सर अस्पताल निर्माण सुरु गरी सरकारलाई हस्तान्तरण गर्ने प्रखर परोपकार मिसन नेपालले अस्पताल सन्चालनका बिषयमा देखिएको अलमल अन्त्य गर्न केन्द्रीय सरकारसंग माग गरेको छ ।
जनताको चन्दा सहयोगबाट र दुःख, पसिनाले निर्माण भएको क्यान्सर अस्पतालाई अलमलमा पार्ने काम गरिएको भन्दै प्रखर परोपकार मिसनले दुःख व्यक्त गरेको छ । मिसनका कार्यबाहक अध्यक्ष शिवराज श्रेष्ठले बुधवार प्रेस बिज्ञप्ती जारी गरी अस्पताल बिघटन भएको हल्लामा भने सत्यता नरहेको बताएका छन् ।
तर अस्पताललाई अन्यौलमा पार्ने काम भएको भन्दै त्यस्तो अवस्थालाई जतिसक्यो छिटो अन्त्य गर्न माग गरिएको छ । प्रखर मिसनले केन्द्र सरकार मातहत अस्पताल सन्चालन गर्न यसअघि नै सुझाव दिइसकेको छ । मिसनले चन्दा उठाएर समुदायबाट भौतिक पूर्वाधार निर्माण गर्दा समेत सन्चालन नगर्ने हो भने उक्त भौतिक सम्पत्ति फिर्ता गर्न चेतावनी दिएको छ ।
सरकारबाट तर्फबाट अस्पताल सन्चालन नहुने हो भने मिसन समुदायसंग सहकार्य गरी अस्पताल सन्चालन गर्न तयार रहेको पनि श्रेष्ठद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मितिः     २ माघ २०७५, बुधबार १८:२९  |