बालबालिकाको ठाउँमा ठुला रमाउन थालेपछि रानीतलाउका खेल सामाग्री बिग्रिए


नेपालगन्ज :  पुन सन्चालनको दुई महिनामै रानीतलाउमा बालबालिकाले खेल्ने सामाग्री बिग्रिएका छन् । राम्रोसंग रेखदेख नहुँदा केही सामाग्री बिग्रिएको अवस्थामा देखिए ।
बालबालिकाका लागि मात्र खेल्न उपयुक्त हुने खेल सामाग्रीमा ठुलाले खेल्दै रमाइलो गरे । ती सामाग्रीले धानेनन् । एकपछि अर्को गर्दै खेल सामाग्री बिग्रिन थालेका छन् । रानी तलाउमा रेखदेखका लागि सिमित कर्मचारी छन् । उनीहरुले ठुला मानिसहरुलाई नखेल भन्न सकिरहेका छैनन् । उनीहरु खेल्दा रानीतलाउमा रोक्ने कोही पनि छैनन् ।


रानीतलाउमा टिकट काट्ने र बोटिङका लागि कर्मचारी छन् । उनीहरुले आफ्नो काम बाहेक अन्य कुराको रेखदेख गर्न भ्याएका छैनन् । जसका कारण रानीतलाउका महत्वपुर्ण सामाग्री बिगिैदै गएका छन् ।

प्रकाशित मितिः     ३ माघ २०७५, बिहीबार १३:५१  |