बाँकेमा दुई महिना अघि आवेदन दिनेको राहादानी आयो


नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेमा दुई महिना अघि आवेदन दिएका सेवाग्राहीको राहादी आएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले राहादानी भएको भन्दै प्रशासनमा आएर लैजान अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालययले २०७५ मंसिर ५ गतेदेखि सोही महिनाको २० गतेसम्म संकलन गरेका रसिद नं. १६३१ देखि १९११ सम्मका राहादी आएको जानकारी दिएको छ । सरकारले राहादनी बितरण कार्यलाई जिल्लास्तरमा समेत बिस्तार गरेपछि सहज भएको छ । तर यसका लागि केही महिना पर्खिनुपर्ने हुन्छ ।

प्रकाशित मितिः     ३ माघ २०७५, बिहीबार १५:४३  |