प्रदेश राजधानी माग्दै बुटवलमा काँग्रेसको शक्ति प्रदर्शन


कृष्ण खनाल/ न्यूज कारोबार

बुटवल : नेपाली कांग्रेस रुपन्देहीले प्रदेश-५ को अस्थायी राजधानी बुटवललाईनै स्थयी राजधानी बनाउन माग गरेको छ । उक्त मागसहित कांग्रेसले बिहीबार बुटवलमा वृहत विरोध र्याली तथा सभा आयोजना गर्यो ।

रुपन्देहीका १६ वटा स्थानीय तहबाट प्रदर्शनमा सहभागी रहेका कांग्रेस नेता तथा कार्यकर्ताले बुटवलस्थित राजमार्ग चौराहदेखि कार्यक्रमस्थल बुटवल ट्राफिक चोकसम्म विरोध र्याली प्रर्दशन गरेका हुन् ।


र्यालीमा सहभागीले नेपाली कांग्रेस जिन्दावाद, स्थायी राजधानी बुटवल कायम गर, सरकार राजीनामा दे जस्ता नारा लगाएका थिए । गत वर्ष माघ ३ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला बुटवललाई अस्थायी राजधानी घोषणा गरीएको थियो । अस्थायी राजधानी घोषणाको वर्षगाठको दिन पारेर कांग्रेस रुपन्देहीले स्थायी राजधानी घोषणा गर्न दबाव दिन खबरदारी सभा राखेको रुपन्देही कांग्रेसका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।

खबरदारीसभामा कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कँडेल, मानबहादुर विक लगायतले सम्बोधन गरिरहेका छन् ।

प्रकाशित मितिः     ३ माघ २०७५, बिहीबार १६:१७  |
error: Content is protected !!