पाँच वर्षदेखि बेपत्ता छोरालाई भेट्दा आमाका आँखामा आँशु


नेपालगन्ज : बाँके खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन जना युवालाई पाँच वर्षपछि बाँके प्रहरीले उद्धार गरी घर फर्काएको छ । पाँच वर्षदेखि बेपत्ता छोरालाई भेटेपछि उनीहरुका अभिभावकहरु भक्कानिएर रुँदै छोरालाई अंगमाल गरे । उनीहरुको आँखामा निरन्तर आँशु झरिरह्यो । जिल्ला प्रहरी कार्यालय बाँकेको कोठामा सन्नाटा छायो । सबै निःशब्द थिए । अभिभावकले छोरा भेटाइदिने प्रहरीलाई धन्यवाद दिए ।
समलघारी वस्ने वर्ष १९ का सुमन पुन ,वर्ष १८ का जयराम पुन र वर्ष १७ को विकास परियार पाँच वर्षपछि परिवारको सम्पर्कमा ल्याउन सकिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
२०७० साल माघ महिनामा उनीहरु गाउँका मंगल बमसंगै भारत गएका थिए । पुस २१ गते बम परिवारको सम्पर्कमा पुगे पछि अन्यका आफन्तले बेपत्ता वालकहरुको खोजीका लागि निवेदन दिएका थिए । निवेदन लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलिले बेपत्ता बालकहरुलाई बमको सहयोगमा भारतबाट नेपाल ल्याई अबिभावकको जिम्मा लगाएको हो । उद्दार पश्चात बालकहरुले आफुहरु भारत हिमलचल प्रदेशको एक होटलमा काम गर्दै आएको बाताएका छन ।

प्रकाशित मितिः     ३ माघ २०७५, बिहीबार १९:४६  |