डलर साट्न प्यान नम्बर अनिवार्य


नेपालगन्ज : नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको सटहीमा कडाई गरेको छ। ५ हजारभन्दा बढी अमेरिकी डलर साट्नका लागि अब प्यान नम्वर अनिवार्य चाहिने भएको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै ५ हजारभन्दा बढी अमेरिकी डलरको जुनसुकै मुद्रा सटही गर्ने नेपालीसँग प्यान नं। अनिवार्य लिन भनेको छ।

यस्तो प्यान नं। उपरोक्त सम्वन्धमा सटही माग गर्ने व्यक्ति वा निजको एकाघर परिवारका सदस्यहरुमध्ये आमा वा बुबा कुनै एकको भए पनि सटही सुविधा प्रदान हुनेछ। शिक्षा, स्वास्थ्य, आप्रवासन लगायत प्रयोजनका लागि ५ हजारभन्दा बढी अमेरिकी डलर साट्न पाइने व्यवस्था छ। यसअघि प्रयोजन खुलाएपछि सटही सुविधा पाइने व्यवस्था थियो। विदेश भ्रमणमा जानेहरुले भने १५ सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउँछन्। पछिल्लो समय विदेशी बिनिमय सञ्चिति घटेसँगै राष्ट्र बैंकले डलर सटहीमा कडा व्यवस्था गरेको हो। विदेश भ्रमणमा जानेले २५ सय अमेरिकी डलरसम्म सटही सुविधा पाउने व्यवस्थालाई कात्तिकदेखि घटाएर १५ सय कायम गरिएको थियो।


प्रकाशित मितिः     ७ माघ २०७५, सोमबार १६:३८  |
error: Content is protected !!