कन्स्ट्रक्सन सम्बन्धी उद्योगको सम्भावना धेरै छ–चम्पालाल बोथरा


चम्पालाल बोथरा ।

शिखर ग्रुपका सन्चालक चम्पालाल बोथरा नेपालगन्जका प्रतिष्ठित उद्योगी हुन । उनी सन्चालक रहेको शिखर प्लाईउड र शिखर केवलले देशभर बजार लिएको छ । बोथरासंग यहाँको नेपालगन्ज र यसक्षेत्रमा उद्योग सन्चालनका सम्भावना र चुनौतीका बिषयमा गरिएको कुराकानी प्रस्तुत छ,

नेपालगन्जलाई आर्थिक राजधानी बनाउने बिषयमा बहसहरु हुन थालेका छन् । तपाई यसलाई कसरी नियाल्नुभएको छ ?

-पुरानो व्यवसायीक इतिहास भएको शहर नेपालगन्जलाई आर्थिक राजधानी बनाउने भन्ने चर्चा र बहस हुनु स्वागतयोग्य कुरा हो । तर आर्थिक राजधानी बनाउने बिषयहरु चर्चामा मात्र सीमित छन्, कार्यान्वयन पक्ष कमजोर छ । खासगरी सरकारले उद्योगी, व्यवसायीका समस्याहरु सम्बोधन गरिदेओस् र सुझाव मान्यो भने नेपालगन्ज मात्र होइन देशनै आर्थिक राजधानी बन्छ ।

नेपालगन्ज लगायत पश्चिम नेपालमा लगानीको सम्भावना कस्तो देख्नुभएको छ ?

-नेपाल विकास हुँदै गरेको देश हो । अझ तयसमा पश्चिम नेपालमा त धेरै कुराको विकास हुन बाँकी नै छ । लगानीयोग्य वातावारण छ । व्यवसायीहरु आर्कषित
छन् । ठुला उद्योगहरु थपिदै गएका छन् । यद्यपी पूर्वाधारको समस्या भने छ । नेपालगन्जमा रहेको ओद्योगिकक्षेत्र सानो छ । नौवस्तामा नयाँ औद्योगिक क्षेत्र बनाउने कुरा भइरहेको छ । त्यहाँ बन्यो भने ३० वर्षसम्म उद्योग सन्चालनको लागि सहज हुन्छ । त्यहाँ नयाँ उद्योगहरु सन्चालन गर्न उपयुक्त हुन्छ ।

यहाँ कस्ता उद्योगको सम्भावना देख्नुभएको छ ?

-निर्माण सम्बन्ध उद्योगको सम्भावना धेरै देखेको छु । जलबिद्युत, बाटो, बाटो जस्ता पुर्वाधारका कामहरु धामधम भइरहेका छन् । त्यस्तो अवस्थामा निर्माण सम्बन्धी उद्योगहरु फस्टाउने सम्भावना देखिन्छ ।

उद्योग व्यवसाय सन्चालनका चुनौतीहरु के हुन ?

-समस्याहरु छन् । केही समस्या सरकारले चाहेर पनि समाधान गर्न सक्दैन । कतिपय समस्या समाधान गरेर उद्योग, व्यवसायलाई अगाडी बढाउन सक्छ । त्यस्तो कुराहरुमा राज्यले धयान दिनुपर्छ । पहिले बत्तीको निकै समस्ता थियो । अहिले समाधान भएको महसुस भएको छ । सीमाक्षेत्रमा ब्यरियको ठुलो समस्या छ । समय र पैसा खर्च गर्नुपर्ने अवस्था छ । यो बिषयमा हामीले आवाज उठाएका छौं । तर समाधानका उपायहरु खोज्ने काम भएको छैन । सायद हुन सक्छ, हाम्रो पहुँच पुगेन होला ।
अन्त्यमा आर्थिक विकासका क्षेत्रमा सरकारले गर्नुपर्ने कुरा केही छन् ?
सरकारले तत्काल गर्न सक्ने धेरै कामहरु छन्, त्यस्ता कामहरु सुधार गर्दै लैजानुपर्छ । त्यसले व्यवसायीलाई मात्र होइन समग्र देशलाई फाईदा नै पुग्छ । सम्भवनाहरु राम्रै देखिन्छ । देशमा राजनीतिक अस्थिरता कायम भइरह्यो भने लगानीको सम्भावना अझ देखिन्छ ।

(बिजनेश प्सल टिभीका लागि नेपालगन्जस्थित ब्युरो प्रमुख कृष्ण खनालले बोथरासंग लिएको भिडियो अन्र्तबार्ताको सारसंक्षेप)

प्रकाशित मितिः     ७ माघ २०७५, सोमबार १६:५६  |