नेपालगन्ज नाकाबाट भित्रिने पर्यटकको संख्या बढ्यो, तर अझै सन्तोष गर्ने ठाउँ भएन


बाँके : नेपालगन्ज नाका हुँदै नेपाल भित्रिने पर्यटकको संख्या बढेको छ । मानसरोवरको ट्रान्जिट बनाएर भारतीय तिर्थालुका कारण नेपालगन्ज नाका हुँदै भित्रिने पर्यटनको संख्या बढि देखिएको हो । बिगतका वर्ष भन्दा पर्यटकको संख्या धेरै भएपनि समग्रमा अवस्था भने सन्तोषजनक छैन ।
गत वर्ष सन् २०१८ मा नेपालगन्ज नाका हुँदै ६ सय ११ जना पर्यटन नेपाल भित्रिएका थिए भने ६ सय ४ जना पर्यटन बाहिरिएका थिए । सन् २०१७ दमा नेपालगन्ज नाका हुँदै ४ सय ५० जना पर्यटक भित्रिएका थिए भने ४ सय ३७ जना पर्यटक यहाँबाट भित्रिएका थिए । अघिल्लो आर्थिक वर्ष भन्दा गत वर्षको संख्या धेरै देखिएपनि समग्रमा नेपालगन्ज नाकाबाट भित्रिने यो संख्या अपर्याप्त भएको व्यवसायीहरुले बताएका छन् ।
होटल व्यवसायी संघ बाँकेका महासचिव भिमबहादुर कंडेलले नेपालगन्ज नाका हुँदे पर्यटकहरुलाई भित्रा्उने वातावारण बनाउनुपर्नेमा जोड दिएका छन् । ‘हामीले पश्चिम नेपालको पर्यटन विकासको कुरा गरिरहेका छौं । यसका लागि हरेक वर्ष संयौ पर्यटक भित्रा्उने वातावरण हामीले बनाउनुपर्छ ।’– कंडेलले भने ।
अध्यागमन कार्यालय नेपालगन्जकी प्रमुख शान्ति न्यौपानेका अनुसार तेस्रो मुलुकका बिदेशीहरुको अध्यागमनमा दर्ता हुने गरेको छ । भारतका धेरै जसो पर्यटक दर्ता हुने गरेका छैनन् । नेपालगन्ज नाका हुँदै नेपाल आउने पर्यटकहरु पश्चिम नेपालको भ्रमणपछि काठमाण्डौं पनि जाने गरेका छन् ।

प्रकाशित मितिः     ८ माघ २०७५, मंगलवार ०९:२५  |