कर्णाली डेभलपमेन्ट बैंकको साधारणसभा माघ १६ गते


नेपालगन्ज :  यसक्षेत्रकै पहिलो विकास बैंकका रुपमा स्थापना भएको कर्णाली डेभलपमेन्ट बैंकले यही माघ १६ गते चौधौं वार्षिक साधारणसभा गर्ने भएको छ । पौष १६ गते बसेको सन्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साधारणसभामा अध्यक्षले वार्षिक प्रतिबेदन पेश गर्ने छन् भने अन्य नियमन कामका साथै संस्थापक समूहबाट ३ जना सन्चालक चयन हुने  छ ।

कर्णाली डेभलपमेन्ट बैंक २०५९ सालमा स्थापना भएको हो । यस क्षेत्रकै पहिलो विकास बैंक पनि हो । हामी बाँके, बर्दिया र दाङ्गमा काम गरिरहेका छौं । प्रधान कार्यालय बाहेक यि तीन जिल्लामा १५ वटा शाखाहरु छन् । बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रहेको छ भने निक्षेप २ अरव ९५ करोड रहेको छ । हामीले हालसम्म २ अरव १० करोड जति ऋण लगानी गरेका
छन् । हालसम्म २ अरव १० करोड जति ऋण लगानी गरेको छ । बित्तिय सुचकहरु हरेक वर्ष सुदृढ हुँदै गएकोले आगामी दिनमा अझ राम्रो हुने अपेक्षा गरिएको प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतले बताए ।

 

 

प्रकाशित मितिः     ७ माघ २०७५, सोमबार १९:४३  |