नेपालगन्ज : गायक सुरज थापाले बैदेशिक रोजगारीको पीडा समेटिएको गीत ल्याएर आएका छन् । उक्त मार्मिक गीतले नेपाली समाजको अहिलेको यथार्थ पीडा समेटेको छ । बाँके चिसापानी निवासी गायक थापा नेपाल आईडलबाट चर्चामा आएका हुन ।
गीतको म्युजिक भिडियो मंगलबार गायक सुरज थापाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
ग्रामिण परिवारको यथार्थ घटनालाई भिडियो मार्फत उतार्दै पहिलो पटक निर्देशनमा पाइला चालेका छन् । पहिलो पटक परिवारका सबै सदस्यलाई थापाले भिडियोमा उतारेका छन् ।्र लाखौ बिदेशिएका नेपालीहरुको यथार्थ जीवनलाई चित्रण गर्दै गायक थापाले निर्देशकीय पाटो पनि अब्बल देखाएका छन् । गायक थापाकै गृह जिल्ला कोहलपुर चिसापानीको ग्रामिण भेगको रमणीय स्थलमा भिडियो छायांकन गरियको छ ।भिडियोमा उत्तम हुमागाईंको छायांकन, बिकाश दाहालको सम्पदान र चन्द्र बहादुर थापाको कथा रहेको छ ।्र
गायक सुरज थापाकै शब्द, संगीत तथा एरेज रहेको गीतमा धर्म गन्धर्वको सारंगी, किशन श्रेष्ठको मिक्सिंग रहेको गीतलाई अलिक केसीले रेकर्ड गरेका हुन । गीतमा मन बहादुर थापा(बाबा),दिल माया थापा (आमा),चन्द्र बहादुर थापा(दाजु),तारा थापा (बहीनी),अरुशी थापा(भाउजु)कबी राम(जेठा बाबा ) र बाल कलाकार अन्जल थापा(भान्ज),मनन थापा(छोरा,गौरब थापा(भाई,जानु थापा(छोरी) र दिब्या शर्मा मुख्य फिचर्ड रहेका छन् ।