यि बृद्धालाई कस्ले बोकायो २ किलो ८ ग्राम अफिम ?


तस्बिर : नबी अहमद ।

नेपालगन्ज : आँखामा पावरवाला चश्मा । लौरी टेकेर हिडडुल गर्नुपर्ने अवस्था । कठ्यांग्रीने जाडोमा जिउ ढाक्ने गरी पछ्याउरा ओढेकी । उमेर ५० काटेकी नेपाली बृद्ध महिलालाई नेपालगन्जसंग जोडिएको सीमावर्ती बजार रुपैडियाबाट भारतीय सुरक्षाकर्मीले ठुलो मात्रामा अफिम सहित पक्राउ गरेको छ ।
लागुऔषध सहित नेपालीहरु भारतमा पक्राउ पर्ने कुरा सामान्य जस्तै बनिसकेको छ । तर उमेरले नेटो काटेकी ती बृद्ध महिला पक्राउ परेको बिषय भने नौंलो भएको छ । कोहलपुर घर बनाउने र जोगमाया नाम गरेकी ती बृद्धबाट भारतीय एसएसबीले २ किलो ८ सय ग्राम अफिम सहति बुधवार पक्राउ गरेको हो । जसको बजार मुल्य एक करोड बढि रहेको दाबी गरिएको छ । ठुलो मात्रामा अफिम सहित बृद्ध पक्राउ परेको घटनाबाट भारतीय सुरक्षाकर्मी समेत आश्चार्यमा परे ।
उनी आफै तस्करमा संलग्न भएको नभई उनलाई कसैले क्यारिएरको रुपमा प्रयोग गरिएको सुरक्षाकर्मीको आशंका छ । क्यारिएरहरुले बालबालिकादेखि बृद्धबृद्धासम्मलाई यसरी ओसारपेसारमा दुरुपयोग गनेृ गरेका छन् । क्यारिएर मात्र पक्राउ परेपनि कारोवारीहरु भने कहिल्यै पक्राउ पर्दैन ।


प्रकाशित मितिः     ९ माघ २०७५, बुधबार २१:४०  |
error: Content is protected !!