बाँकेका पत्रकारले सुरु गरे “बुद्धिमान सहयोग अभियान”, उद्योगी, व्यवसायीले पनि साथ दिने


तस्बिर : काँचुली खबरबाट ।

नेपालगन्ज : भारतमा मजदुरी गर्न गएका बेला करेन्ट लागेर दुई हात र खुट्टा गुमाएका बाँके बैजनाथ गाउँपालिका ८ का बुद्धिमान कुवँरलाई राहात रकम जुटाउन बाँकेका पत्रकारहरुले अभियान नै सुरु गरेका छन् । पत्रकारहरुले समाचार लेखेर र युट्युवमा भिडियो राखेर कुवँरका बारेमा सावर्जननिक गरिएको अभियानमा संलग्न पत्रकार समिरमान श्रेष्ठले बताए ।
अब राहात रकम संलकन गर्न अभियाननै सुरु गरिएको उनले जानकारी दिए । अभियानमै सहभागि अर्का पत्रकार खगेन्द्र दाहालले पीडितको चोटमा मल्हम पट्ी लगाउने अभियानमा पत्रकार जुटेको बताए । सरकार तथा गैरसरकारी क्षेत्रबाट सहयोगी गरि पीडितलाई राहात दिन आग्रह गरे ।
पत्रकार संगीन शर्माले परिवारनै आश्रित भएका बेला कुवँर माथि परेको बज्रपातले परिवारका अन्य सदस्य भोकै बस्ने अवस्था आएको बताए । पत्रकार समिरमान श्रेष्ठले राहात रकम पारदर्शीरुपमा संकलन हुने जानकारी दिए । यो अभियानमा उद्योगी, व्यवसायीहरुले समेत साथ दिने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले उक्त अभियानमा साथ दिने बताएका छन् ।
घरमा खान लाउन मुस्किल परेपछि कुंवर कमाई गर्न भारतको सिम्लामा गएका थिए । उनले मजदुरी गरेर जेनतेन घरमा परिवारका लागी खर्च पनि पठाइरहेका थिए । तर उनि घर फर्कन नपाउदै विपत्ती आइलाग्यो ।काम गर्ने क्रममा करेन्ट लागेर आफ्नो हात र खुट्टा गुमाएका बुद्धिमानले अहिले ठुलो पिडा खेपिरहेका छन । उपचारको क्रममा लागेको ऋण तिर्न पनि नसक्ने अवस्थामा छन उनि । खान, लाउन, दिसा पिसाव गर्न पनि अरुको भर पर्न परेको छ ।
“बुद्धिमान सहयोग अभियान”
खगेन्द्र दाहाल ९८५८०३२१८२
समिर मान श्रेष्ठ ९८१९५७७६७२

प्रकाशित मितिः     १० माघ २०७५, बिहीबार ०७:३४  |