स्थापना दिवशमा राष्ट्रिय वाणिज्य बैंकद्धारा बृद्धाश्रमलाई १ लाख ८५ हजार प्रदान


नेपालगन्ज : राष्ट्रिय वाणिज्य बैंकले ५४ स्थापना दिवशका अवसरमा नेपालगन्जमा रहेको नीलसागर बृद्धाश्रम एवं असाहय सेवा केन्द्रलाई १ लाख ८५ हजार रुपैया सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले बिहिवार एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरेको हो ।
बैंकको नेपालगन्जस्थित क्षेत्रीय कार्यालयले ८० हजार, नेपालगन्ज शाखाले ५० हजार, त्रिभुवनचोक शाखाले ३० हजार र खजुरा शाखाले २५ हजार सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक आनन्द सुवेदी लगायत सबै शाखाका प्रमुख, कर्मचारीको सहभागिता थियो । सहयोग हस्तान्तरणपछि बृद्धाश्रमको तर्फबाट प्रमुख संरक्षक बिजय गुप्ता, अध्यक्ष सरिता खनाल, मनार्थ सदस्य अमन निलसागरले प्रमाणपत्र दिदै धन्यबाद ज्ञापन गरे ।
आईतबार बैंकले क्षेत्रीय रक्त संचार केन्द्रकोे प्राविधिक सहयोगमा बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदानको उद्घाटन क्षेत्रीय प्रबन्धक सुवेदीले गरे । उक्त अवसरमा ५८ जनाले रक्तदान गरेका थिए । बैंकले नेपालगन्जमा अन्य कार्यक्रम समेत गर्दैछ ।


प्रकाशित मितिः     १० माघ २०७५, बिहीबार १७:०९  |
error: Content is protected !!