नेपालगन्ज : बाँके जिल्लामा घरेलु तथा साना उद्योगमा महिलाहरुको लगानी बढ्दै छ । चालु आर्थिक वर्ष २०७५र ०७६ को छ महिना अर्थात पुससम्म १ सय ७८ जना महिलाले उत्पादनदेखि सेवामुलक उद्योग सन्चालन गर्नका लागि बिभिन्न फर्महरु दर्ता गरेका छन् ।
महिलाको नाममा फर्म दर्ता गरेर पुरुषले जनाउने गरिएको भएपनि पछिल्लो समय स्वयं महिला सक्रिय बन्दै छन् । घरेलु तथा साना उद्योगक्षेत्रमा महिलाको आर्कषण बढेकने व्यवसायीहरुले बताएका छन् । जिल्लामा चालु आर्थिक वर्षका छ महिनामा एक अरव २९ लाख ५१ हजार लगानीका ५ सय ५२ उद्योगहरु बाँकेमा भित्रिएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका प्रमुख शिक्षक ऋषिराम पोखरेलका अनुसार चालु आर्थिक वर्षमा उत्साहजनकरुपमा उद्योग दर्ता भएको बताए । दर्ता भएका अधिकांस उद्योग सन्चालन भइरहेको पोखरेलले जानकारी दिएका छन् । दर्ता भएका उद्योग मध्ये ५ सय ६६ जना पुरुषको छ भने १ सय ७८ वटा महिलाका नाममा छन् । चालु आर्थिक वर्षभित्रै बाँकेमा दर्ता भएका उद्योगबाट १२ सय २८ जना महिलाले रोजगारी पाएका छन् ।