नेपालगन्जका उत्कृष्ट आयात, निर्यातकर्तालाई भन्सारद्धारा सम्मान


बाँके : ६७ औं अन्र्तराष्ट्रिय भन्सार दिवशको अवसरमा नेपालगन्ज भन्सारले शनिबार उत्कृष्ट आयात ता निर्यातकर्ता उद्योग व्यवसायीलाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तको प्रमुख आतिथ्यतामा भएको भन्सार दिवश कार्यक्रममा नेपालगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले उत्कृष्ट आयात र निर्यातकर्तालाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरे ।
सम्मानित हुने आयातकर्तामा सार्वजनिक संस्थानतर्फ नेपाल आयल निगम, उद्योग तर्फ जयबागेश्वरी सिमेन्ट, व्यवसायिक फर्म तर्फ बिबेक अटो मोवाईल रहेका छन् । त्यस्तै निर्यातकर्तामा गंगा रोजिन एण्ड टर्पेनटाईन, जैन एक्सपोर्ट र बागेश्वरी कत्था उद्योग प्रालि रहेका छन् । धेरै आयात र निर्यात गरेर राजश्व संकलनमा योगदान पु¥याबापत उनीहरुलाई सम्मान गरिएको भन्सार प्रमुख निरौलाले बताए ।


उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुने कर्माचारीमा अधिकृत तर्फ परमानन्द जोशी, नाथ बहादुर सापकोटा, नायब सुब्बा तर्फ रत्नबिर कडायत, कमल पौडडेल र कार्यालय सहयोगी तर्फ कृष्णबहादुर भट् रहेका छन् । सोही कार्यालयका नायब सुब्बा चण्डीराज गेलाल भन्सार बिभागको तर्फबाट उत्कृष्ट कर्मचारीकारुपमा पुरस्कृत भएका छन् । भन्सार दिवशकै अवसरमा आयोजित ब्याण्डमिन्टन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पनि पुरस्कार बितरण गरिएको छ ।

भन्सार दिवशको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख श्रीबास्तव, बिशेष अतिथी नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, बरिष्ठ उद्योगपति कन्हैयालाल बैद्य, सन्जय जैन, राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख बिनोद दाहाल, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख प्रकाश पौडेल, जिल्ला प्रहरी प्रमुख अरुण पौडेल, सशस्त्र प्रहरी प्रमुख भेषबहादुर थापा, भन्सार सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीका डिएसपी निराकंर शुक्ला, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख ज्योत्सना श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डन लगायतको उपस्थिती थियो ।

प्रकाशित मितिः     १२ माघ २०७५, शनिबार १२:०५  |