दालको प्रमुख निर्यातकर्ता पुजा दाल मिल बन्द


नेपालगन्ज : देशकै प्रमुख दाल निर्यातकर्ता पुजा दाल मिल बन्द भएको छ । प्रतिष्ठित उद्योगपति तुलाराम दुगडले नेपालगन्जमा स्थापना गरेको उक्त उद्योग तीन वर्षदेखि बन्द अवस्थामा छ । उद्योग बन्द भएपछि दुई सय बढि कामदार बेरोजगार भएका छन् भने त्यसको प्रत्यक्ष मारमा दालहन बाली लगाउने बाँके, बर्दियाका कृषक मर्कामा परेका छन् ।
गुलरिया जाने सडकमा रहेको उद्योगले टिएन दुगड ग्रुप अन्र्तगतकै बिवेक अटो मोवाईल ले उपयोग गरिरहेको छ । मिलको सम्पुर्ण भौतिक संरचना अटोमोवाईलले प्रयोग गरिरहेको छ । दाल मिलसंगै रहेको राईस मिल जिर्ण अवस्थामा छ भने दाल मिलको अवस्था ठिकै छ । तीनवर्ष अघि दालको बिक्री बितरण हुने ठाउँमा अहिले सवारी साधनको बिक्री भइरहेको  छ ।


उद्योग बन्द भएको थाहा नपाउने उपभोक्ता र सेवाग्राही अहिले पनि पुजा दाल किन्न भन्दै आउने गरेको त्यहाँ कार्यरत कर्माचारी बताउँछन् । दालहन बाली लगाउने किसानहरु पनि खाल बिक्रीका लागि आइरहन्छन् । यहाँ उत्पादित दाल नेपालमा मात्र नभई बङ्गलादेशसम्म निर्यात हुने गरेको थियो । हरेक वर्ष उत्कृष्ट निर्यातकर्ताका रुपमा सम्मानित हुने उक्त उद्योग पुर्णरुपमा बन्द हुँदा धेरे रोजगारी गुम्यो । त्यहाँ प्रत्यक्ष, अप्रत्यक्षरुपमा कार्यरत दुई बढि कर्मचारी मध्ये केही टिएन दुगड ग्रुपकै अन्य फर्ममा काम गरिरहेका छन् भने अधिकांस बेरोजगार भए । कृषकहरु समेत त्यसको मारमा परेका छन् । कृषको दाल किनेर प्रशोधन गरी पुजा दाल मिलले बिक्री गथ्र्यो ।
पुजा दाल मिल र पुजा राईस मिल के कारणले बन्द भयो भन्ने एकिन नभएपनि दुगड परिवार भित्रको आन्तरिक बिबादले खाद्यन उद्योग बन्द भएको स्रोेतको दाबी छ । यद्यपी पुजा दाल मिल भने फेरी सन्चालन हुने अवस्था पनि रहेको स्रोतले बतायो । राईसल मिल भने सन्चालन नहुने पक्का छ ।

प्रकाशित मितिः     १३ माघ २०७५, आईतवार १४:१७  |