घरबहाल कर घरधनीबाटै असुली गर्न होटल व्यवसायीको माग


तस्बिर : कमला नेपाली ।

नेपालगन्ज : बाँकेका होटल व्यवसायीहरुले घरबहाल कर स्वयं घरधनीबाटै असुली गर्नुपर्ने माग गरेका छन् । होटल व्यवसायी संघ बाँकेको आईतबार नेपालगन्जमा भएको १५ औं साधारणसभाको उद्घाटन सत्रमा यस्तो माग गरिएको हो ।
महासचिवको प्रतिबेदन पेश गर्दै भिम कंडेलले घरबहाल कर स्वयं घरधनीबाट असुल उपर गर्ने व्यवस्थाको लागि अबिलम्ब घरबहाल ऐन कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानार्कषण गराएका छन् । जिल्लाका अधिकांस होटल बहालमै सन्चालनमा रहेका छन् । ‘एकातिर चर्को घरभाडा तिर्दातिर्दै पनि कति बेला घर खाली गर्नुपर्ने हो त्यसको एकिन छैन’ महासचिवको प्रतिबेदनमा भनिएको छ–‘ अर्को तर्फ चर्को घरभाडाको चपेटामा पिल्सिएका व्यवसायीहरुलाई घरबहाल कर स्वयं व्यवसायीले तिर्नुपर्दा व्यवसाय सन्चालनमा बाधा परेको छ ।’
साधारणको सभाको प्रमुख अतिथी प्रदेश ५ का उद्योग मन्त्री लिला गिरी रहेका छन् । उद्घाटन सत्रमा बोल्ने व्यवसायीहरुले राज्यलाई कर तिरेपनि होटल व्यवसायलाई भने राज्यका तर्फबाट कुनै पनि सुविधा प्राप्त नभएको गुनासो गरे । झन्झटिलो कर प्रणाली हटाएर एकद्धार प्रणाली बनाउन माग गरिएको छ । त्यस्तै मुल्य अभिबृद्धि करको दायरा २० लाख बाट बृद्धि गरिनुपर्नेमा पनि जोड दिईएको छ ।


प्रकाशित मितिः     १३ माघ २०७५, आईतवार १४:४२  |
error: Content is protected !!