शहिद सप्ताहको अवसरमा कैलपालद्धारा रक्तदान


बाँके १३ माघ :  शहिद सप्ताहको अवसरमा नेपालगन्जस्थित कैलपाल हस्पिटल एण्ड कलेजले आईतबार रक्तदानको आयोजना गरेको छ । क्षेत्रीय रक्त संचार कार्यालय प्राविधिक सहयोगमा ६० जना बिद्यार्थीले रक्तदान गरे ।
रक्तदानको उद्घाटन कलेजकी निर्देशक रेवती सिंहले गरेकी थिइन । शहिद सप्ताहको अवसरमा हरेक वर्ष कैलपालले रक्तदान गर्दै आएको छ । यसपटक आयोजित रक्तदानमा कलेजका एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी, सिएमए, कम्प्युटर इन्जिनियर पढ्ने बिद्यार्थी सहभागि थिए । त्यस्तै मध्यपश्चिम प्राविधिक कलेजका नर्सिङ्ग र फार्मेसी पढ्ने बिद्यार्थीले पनि रक्तदान कार्यक्रममा सहभागिता जनाए ।
उद्घाटन कार्यक्रममा निर्देशक सिंह सहित रक्तदान कार्यक्रम कोर्डिनेटर सन्जय कुमार राय, प्रिन्सिपल ज्याती शर्माको उपस्थिती थियो ।


प्रकाशित मितिः     १३ माघ २०७५, आईतवार १७:४९  |