कोहलपुरमा एटिएम चोरी गर्न खोज्ने युवती सहित तीन जना पक्राउ


तस्बिर : स्केच

बाँके : कोहलपुरमा रहेको सिद्धार्थ बैंकको एटिमए चोरी गर्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश नम्बर ५ ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले आईतबार साँझ जुम्लाका कृष्ण घर्ती, अनिल सुनार रहेका छन् । उनीहरुको साथमा रहेकी एक युवती समेत पक्राउ परेकी छन् ।
पक्राउ परेकाहरुले साँझ एटिमए फोडेर पैसा चोरी गर्ने प्रयास गरेका थिए । धेरै प्रयास गर्दा पनि पैसा लिन नसकेपछि उनीहरुको भागेर स्थानीय एउटा कटेजमा नास्ता खान पुगेका थिए । यता बैंकको एटिएम फोडफाड गरेको बैंकका गार्डहरुले थाहा पाएपछि प्रहरीलाई खबर गरे । लगत्तै पुगेको प्रहरी टोलीले सिसिटिभी फुटेज हेरेपछि तीन जनालाई कटेजबाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले एटिएम चोरीको घटनाको पुष्टी गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मितिः     १४ माघ २०७५, सोमबार ०७:२६  |